इन्द्रजात्रा अवलोकन गर्न पुगे चिनियाँ टोली काठमाडौं - Chaitanya News
  • 2026-05-25
  • 01:57:45
  • आइतबार,जेठ १०, २०८३
  • इन्द्रजात्रा अवलोकन गर्न पुगे चिनियाँ टोली काठमाडौं

    इन्द्रजात्रा अवलोकन गर्न पुगे चिनियाँ टोली काठमाडौं

    काठमाडौं– काठमाडौंको इन्द्रजात्रा अवलोकन गर्न चीनको नान्जिङ्ग नगरका उपप्रमुख जी ताइजुन नेतृत्वको प्रतिनिधि मण्डल काठमाडौं आइपुगेको छ। चिनियाँ टोली सोमबार बेलुका काठमाडौँ आइपुगेको हो।

    टोलीमा उपप्रमुख ताइजुनसहित नान्जिङ्ग स्कूल अफ एडमिनिष्ट्रेसनका कार्यकारी उपाध्यक्ष मेन्ग फान्यु, अन्तर्राष्ट्रिय मामिलाका उपमहानिर्देशक, झ्याङ् बिन, पर्यावरण र वातावरण व्यूरोका उपमहानिर्देशक याङ् लिन्फु, सचिवालयका उपप्रमुख वाङ् रुइरुई काठमाडौं आएका हुन्।

    उनीहरुलाई त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थलको विशिष्ट कक्षमा महानगरपालिकाका निर्देशक महेश काफ्ले र अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख यम बसेलले स्वागत गरेका थिए।

    चीनको नान्जिङ्गका साथै छेन्दु र झान्झाउ नगरपालिका तथा सियान सिटीबाट पनि पाहुनाहरु नेपाल आउने काठमाडौं महानगरपालिकाले जनाएको छ।