आज कांग्रेस संसदीय दलको बैठकमा शिक्षा विधेयकबारे छलफल हुने - Chaitanya News
  • 2026-11-19
  • 07:15:03
  • बिहिबार,मंसिर ०४, २०८३
  • आज कांग्रेस संसदीय दलको बैठकमा शिक्षा विधेयकबारे छलफल हुने

    आज कांग्रेस संसदीय दलको बैठकमा शिक्षा विधेयकबारे छलफल हुने

    काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै छ। बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरमा बस्नेछ।

    बैठकमा प्रतिनिधि सभामा विचाराधीन विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० बारे छलफल हुने भएको छ।

    सङ्घीय संसद् (राष्ट्रिय सभा र प्रतिनिधि सभा) का सदस्य, विषय विज्ञ र सरोकारवाला निकायबीच छलफल तथा अन्तरक्रिया गर्ने कांग्रेसको तयारी हो।