काठमाडौं– माल्दिभ्सलाई ४–१ गोलले हराउँदै नेपाल साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ। सेमिफाइनलमा नेपालले अब भुटान वा भारतसँग खेल्ने छ।
नेपाललाई जिताउन प्रशान्त लक्सम, समीर तामाङ र निराजन धामीले गोल गरे।
प्रशान्तले १६औं मिनेटमा गरेको लङ रेञ्ज प्रहार पोस्टको माथिल्लो भागबाट जाली चुम्न पुगेको थियो।
यस्तै २९ मिनेटमा समीरले निराजन धामीको थ्रो पासमा गोल गर्दै नेपालको अग्रता दोब्बर पारेका थिए।
तर ५७ औं मिनेटमा माल्दिभ्सले १ गोल फर्कायो।
८८औं मिनेटमा निराजनले गोल गर्दै नेपाललाई ३–१ ले जिताए।
खेलमा सुरुदेखि नै नेपालले दबाब बनाएको थियो। छैटौं मिनेटमा निराजन धामीको पासमा प्रशान्त लक्समको प्रहार पोष्टबाट बाहिरियो।
त्यसको दुई मिनेट पछि नै धामीले दायाँबाट हानेको बल पोष्ट माथिबाट बाहिरियो।
दुवै टिमका खेलाडी १० खेलाडीमा सिमित
नेपालले पहिलो गोल गरेपछि माल्दिभ्सले बल चलाए लगत्तै नेपालका राइट विंगर सुजन डंगोल र माल्दिभ्सका कप्तान मोहमद इयान हसन लड्न पुगे।
अगाडि बढेका हसनलाई सुजनले कुमले धकेलेका थिए। त्यसपछि लडेका हसन सुजनप्रति आक्रामक भए।
त्यसपछि रेफ्रीले असिस्टेन्ट रेफ्रीहरुसँग सल्लाह गरेर दुवै खेलाडीलाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए।
रातो कार्ड पाएपछि सुजन रुँदै मैदानबाट बाहिरिएका थिए।