बैतडी- आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि बैतडीमा ५ वटा मतदान केन्द्र थपिएका छन्। २०५ ओटा मतदान केन्द्र रहेको जिल्लामा आसन्न चुनावका लागि ५ ओटा मतदान केन्द्र थप गरेपछि मतदान केन्द्रको संख्या २ सय १० पुगेको छ।
थप भएका मतदान केन्द्रमा मणिलेक मावि गुरुखोला, शिवस्थली मावि जर्ग, दशरथचन्द नगरपालिका– ५ को कार्यालय पल्लाचौंडाली, पुर्चौंडीस्थित जनता मावि रौनालीचौर र मेलौलीस्थित कोटेश्वर आधारभूत विद्यालय केन्द्र रहेका जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलले जानकारी दिए।
यस्तै आसन्न निर्वाचनका लागि जिल्ला कारागारमा पनि एउटा अस्थायी मतदान केन्द्र राखिने उनले बताए। जिल्लामा १२९ मतदानस्थल रहेका छन् भने २१० ओटा मतदान केन्द्र छन्।