साफ यू–१९ फुटबलमा नेपालले आज नेपालले माल्दिभ्ससँग खेल्दै - Chaitanya News
  • 2026-06-07
  • 03:38:57
  • शनिबार,जेठ २३, २०८३
  • साफ यू–१९ फुटबलमा नेपालले आज नेपालले माल्दिभ्ससँग खेल्दै

    साफ यू–१९ फुटबलमा नेपालले आज नेपालले माल्दिभ्ससँग खेल्दै

    काठमाडौं– साफ यू–१९ च्याम्पियनसिपमा आज सोमबार नेपालले माल्दिभ्ससँग खेल्दै छ। दशरथ रंगशालामा साढे १ बजे हुने खेलमा नेपालले सेमिफाइनल पुग्न माल्दिभ्सलाई हराउनै पर्ने दबाब छ।

    दशरथ रंगशालामा शनिबार माल्दिभ्स र पाकिस्तानले बराबरी खेलेका थिए। नेपाल बिहिबार पाकिस्तानसँग १–० ले पराजित भएपछि आजको खेलमा नेपाललाई दबाब बनेको हो।

    समुह एमा रहेको पाकिस्तान २ खेलमा ४ अंकका साथ सेमिफाइनलमा पुगिसकेको छ।

    माल्दिभ्ससँग विजयी भएमा नेपाल सेमिफाइनलमा पुग्नेछ। पराजित भएमा वा बराबरी खेलेको अवस्था भने नेपाल समुह चरणबाटै बाहिरिने छ।

    समूह बी अन्तर्गत आज दोस्रो खेल भारत र भुटान बिच ५ः३० मा हुनेछ। यी दुवै टोली सेमिफाइनल प्रवेश गरिसकेका छन्।

    पहिलो खेलमा भारतले बंगलादेशलाई ३–० ले हराएको थियो । भुटानले बंगलादेशलाई ४–३ को गोल अन्तरले हराएको थियो।

    सेमिफाइनलका खेलहरु बुधबार र फाइनल शनिबार हुनेछ।