काठमाडौं- नेपाल वायुसेवा निगमले आ.व. २०७९/८० को पदपूर्तिका लागि खुला तथा समावेशी प्रतियोगितातर्फ लोक सेवा आयोगमार्फत लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
आयोगले लिखितमा उत्तीर्ण उम्मेदवारलाई अन्तर्वार्ताका लागि बोलाएको छ। अन्तरवार्तामा सहभागी हुँदा अनिवार्य रूपमा प्रवेश पत्र र शैक्षिक योग्यता, समावेशी सम्बन्धी प्रमाणपत्र, आवश्यक अनुभवको प्रमाणपत्र लगायत सम्बन्धित सक्कल कागजातहरू सहित तोकिएको समयभन्दा १ घण्टा अगावै उपस्थित हुनुपर्ने सूचनामा उल्लेख छ।
