नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्मी क्लबले अग्रता बढाउदै - Chaitanya News
  • 2026-04-25
  • 07:03:03
  • शनिबार,बैशाख १२, २०८३
  • नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्मी क्लबले अग्रता बढाउदै

    नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्मी क्लबले अग्रता बढाउदै

    पोखरा– गण्डकी प्रदेशमा आयोजना भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबले अग्रता बढाउदै लगेको छ। हालसम्म ४ सय ६४ पदकको छिनोफानो हुँदा आर्मीले ६१ स्वर्ण, ३९ रजत र २८ कास्य पदक सहित कुल १२८ पदक हात पारिसकेको छ। दोस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबले २३ स्वर्ण, १७ रजत र २५ कास्यपदक सहित ६५ पदक जितेको छ।

    अर्को विभागीय टिम एपिएफले १६ स्वर्ण, २५ रजत र ३३ काँस्य पदक सहित कुल ७४ पदक हात परेको छ। यसैगरी बागमती प्रदेशले १४ स्वर्ण, २२ रजत र २३ कास्य सहित कुल ५९ पदक जित्दा गण्डकी प्रदेशले १० स्वर्ण, ८ रजत र २० कास्य पदक सहित ३८ पदक आफ्नो पोल्टामा पारेको छ।

    यता एनआरएनएले ६ स्वर्ण, ६ रजत ४ कास्य सहित १६ पदक, प्रदेश १ ले ३ स्वर्ण ८ रजत र २१ कास्य सहित ३२ पदक, मधेश प्रदेशले २ स्वर्ण, ३ रजत र ७ कास्य पदक सहित १२ पदक जितेका छन्।

    त्यसैगरी, सुदुर पश्चिम प्रदेशले २ स्वर्ण, १ रजत, ११ कास्य सहित १४ पदक, लुम्बिनी प्रदेशले १ स्वर्ण, ९ रजत र १२ कास्य सहित २२ र कर्णाली प्रदेशले १ स्वर्ण, १ रजत, २ कास्य पदक सहित ४ पदक हात पारेको आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ। प्रतियोगिता अन्तरगतका खेलहरु जारी रहेका छन्।