शिक्षकहरूले उठाएका संवैधानिक विषयमा कुनै सहमति हुँदैन : सरकार - Chaitanya News
  • 2026-11-19
  • 07:09:20
  • बिहिबार,मंसिर ०४, २०८३
  • शिक्षकहरूले उठाएका संवैधानिक विषयमा कुनै सहमति हुँदैन : सरकार

    शिक्षकहरूले उठाएका संवैधानिक विषयमा कुनै सहमति हुँदैन : सरकार

    काठमाडौँ– सरकारले आन्दोलनरत शिक्षकहरूसँग संवैधानिक विषयमा कुनै सहमति हुन नसक्ने प्रस्ट पारेको छ।

    सरकार र शिक्षकहरुबीच ७ बुँदे सहमतिपछि सरकारकी प्रवक्ता रेखा शर्माले शिक्षकहरूसँग गरिएको सहमति कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताइन्।

    उनले भनिन्, ‘संवैधानिक इस्युमा सहमति हुन सक्दैन। अहिले स्थानीय तहकै मातहतमा मावि तहका विद्यालयहरू छन्। कसैलाई संविधान चित्त बुझ्ला, कसैलाई नबुझ्ला। संविधान नियम, कानूनभन्दा बाहिर सरकार जान सक्दैन। सरकार जाँदैन।’

    उनले स्थानीय सरकार मातहत भइसकेपछि हुने समस्याको विषयमा शिक्षकहरूले उठाएको विषयलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्नेबारे छलफल गर्न सकिने बताइन्।

    संविधान र कानूनले दिएको अधिकार दायाँबायाँ गर्ने छुट न सरकारलाई न त शिक्षकलाई भएको उनको भनाइ छ।