एसियन गेम्समा भिएतनामसँग पराजित - Chaitanya News
  • 2026-07-31
  • 01:39:11
  • बिहिबार,साउन १४, २०८३
  • एसियन गेम्समा भिएतनामसँग पराजित

    एसियन गेम्समा भिएतनामसँग पराजित

    काठमाडौं– नेपाली महिला राष्ट्रिय फुटबल टोलीले चीनमा जारी १९औँ एसियाली खेलकुदमा खराब सुरुवात गरेको छ। शुक्रबार समूह ‘डी’ को पहिलो खेलमा नेपाल भिएतनामसँग २–० गोल अन्तरले पराजित भयो।

    पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा भने २ गोल बेहोर्न पुग्यो। भिएतनामका लागि ५३ औं मिनेटमा फाम हाइ एन तथा ६४औँ मिनेटमा थि बीच थुइले एक–एक गोल गरे।

    नेपालले अब सोमबार समूहको दोस्रो खेलमा जापानसँग खेल्नेछ। यस्तै, नेपालले समूहको अन्तिम खेलमा बिहीबार बंगलादेशसँग खेल्ने तालिका छ ।