चैतन्य राशिफलः तपाईँको आजको भाग्यफल - Chaitanya News
  • 2026-11-19
  • 07:07:25
  • बिहिबार,मंसिर ०४, २०८३
  • चैतन्य राशिफलः तपाईँको आजको भाग्यफल

    चैतन्य राशिफलः तपाईँको आजको भाग्यफल

     

    मेषः (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    भाग्योन्नतिको समय छ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। एउटै कामबाट दोहोरो फाइदा उठाउन सकिनेछ। सामाजिक काममा रुचि बढ्नेछ।

    वृषः (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामा प्रवृत्त गराउनेछ। विशेष कामको यश लिने सौभाग्य प्राप्त हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन् भने भविष्यका लागि कर्मनिश्चय गर्ने समय छ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सफलता मिल्नेछ।

    मिथुनः (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    पुराना कामको चर्चा हुनेछ भने मिहिनेत गर्दा उपलब्धिको स्रोत प्राप्त हुनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि जग बसाउने मौका छ।

    कर्कटः(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। दिउँसोदेखि अरूका काममा समय खर्चनुपर्दा आफ्ना काम रोकिन सक्छन्। अवसर आए पनि जिम्मेवारी सम्हाल्न बाधा पर्नेछ। उठ्नुपर्ने रकम पनि अड्किन सक्छ।

    सिहंः (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ। व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी बढ्न सक्छ।

    कन्याः (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    विशेष भेटघाटले काममा उत्साह बढाउला। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। तर दिउँसोदेखि आर्थिक समस्याले अलि दुःख पाइनेछ। खर्च बढ्नाले अर्थ संग्रहमा बाधा पुग्नेछ। सानो काममा बढी रकम बाहिरिन सक्छ।

    तुलाः (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको विश्वासमा पर्दा धोका हुन सक्छ।

    वृश्चिकः (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ। दिउँसोदेखि केही अवसर प्राप्त हुनेछन् तर काम रोकिन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ।

    धनुः (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। प्रयत्न गर्दा रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ।

    मकरः (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। दिउँसोतिर वादविवादमा परिने सम्भावना देखिएकाले कम बोल्नु राम्रो हुनेछ। ईर्ष्या गर्नेहरूले भने अलि दुःख दिनेछन्। आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ।

    कुम्भ ः (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    अध्ययनमा प्रगति हुनेछ। लेखन कला र अनुभवलाई पनि निखार्ने अवसर प्राप्त हुनेछ। विविन्न भौतिक सुविधाका वस्तुहरू जुटाउन सकिनेछ।

    मीनः (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

    दिगो काम प्रारम्भ हुनाले आम्दानीका स्रोत बढ्नेछन्। व्यापार तथा साझेदारीमा लाभ हुनेछ। मिहिनेत गर्दा काममा अनुमानभन्दा बढी फाइदा उठाउन सकिनेछ। लाभांशबाट अरूको समेत सेवा गर्न सकिनेछ।