काठमाडौँ– गायक तिलक सिंह पेलाको स्वरमा रहेको गित देउसरा सार्वजनिक भएको छ। केहि समय अगाडी ‘के लत बस्यो।।। चर्चित गजल बजारमा आएको थियो र त्यो गितले धेरै नै चर्चा कमाएको थियो।
यो गजल गीत भने अलि फरक शैलीमा छ। हेमन्त विवासको शब्द रहेको लोकशैलीमा तयार डोटेली गीतमा सङ्गीत तथा स्वर तिलक सिंह पेलाकै छ।
रिदम कँडेलको एरेन्ज रहेको गीतको भिडियो समेत बनेको छ। जसमा देबु सिंह वोहरा, योगिता दाहाल र जनक महराको अभिनय देख्न सकिन्छ। देबु सिंह वोराको कोरियोग्राफी, दीपक गिरीको छायाङ्कन रहेको भिडियोमा विष्णु शर्माको सम्पादन छ।
सुदूरपश्चिमको बैतडीका गायक पेला लामो समयदेखि शास्त्रीय सङ्गीतमा क्रियाशील छन्। ‘के लत बस्यो।।।’ अगाडी पनि उनले केही गीत ल्याएका थिए। तर उनी त्यति चर्चामा थिएनन्। ‘के लत बस्यो।।।’ पछि भने उनी सबैतिर चिनिन सफल भए।