आन्दोलनका लागि ७७ वटै जिल्लाबाट थप शिक्षकहरू काठमाडौँ आउँदै - Chaitanya News
  • 2026-06-07
  • 03:37:04
  • शनिबार,जेठ २३, २०८३
  • आन्दोलनका लागि ७७ वटै जिल्लाबाट थप शिक्षकहरू काठमाडौँ आउँदै

    आन्दोलनका लागि ७७ वटै जिल्लाबाट थप शिक्षकहरू काठमाडौँ आउँदै

    काठमाडौँ– नेपाल शिक्षक महासंघले आन्दोलनका लागि थप शिक्षक कर्मचारीहरू काठमाडौं आउन थालेका बताएको छ। विभिन्न जिल्लाहरूबाट शिक्षक कर्मचारी काठमाडौं आउने क्रम निरन्तर चलिरहेको महासंघले जनाएको छ।

    विद्यालय शिक्षा विधेयकमा असहमति जनाउँदै शिक्षक कर्मचारीहरू विगत तीन दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन्। हजारौंको संख्यामा आन्दोलन गर्दै आएका छन्। ७७ वटै जिल्लाबाट थप शिक्षक कर्मचारी आउने क्रम जारी रहेको महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले बताए।

    आन्दोलन अवधिभर १ लाख ५० हजार शिक्षक काठमाडौंमा उतार्ने महासंघको लक्ष्य छ। हालसम्म ७० हजारको हाराहारीमा शिक्षक कर्मचारीहरूमा आन्दोलनमा रहेको महासंघले दाबी गरेको छ। अझै विभिन्न जिल्लाहरूबाट शिक्षक कर्मचारीहरूले आउने क्रम जारी रहेको सुवेदीले बताए।

    सरकारले विगतमा आफुहरूसँग पटक पटक सहमति गरेको तर, अहिले विधेयक ल्याउने बेला सहमतिलाई बेवास्था गरेको आरोप छ। आफ्नो पेशागत रक्षाका लागि आफुहरू विद्यालय नै बन्द गराएर काठमाडौं केन्द्रित आन्दोलनमा रहेको उनको भनाई छ।