किन बढ्दैछ युवामा एन्जाइटीको शिकार - Chaitanya News
  • 2026-11-19
  • 06:43:28
  • बिहिबार,मंसिर ०४, २०८३
  • किन बढ्दैछ युवामा एन्जाइटीको शिकार

    किन बढ्दैछ युवामा एन्जाइटीको शिकार

    ‘एन्जाइटी’ एक प्रकारको मानसिक रोग हो। कुनै खतरा भनेर हाम्रो शरीर अथवा दिमागले महसुस ग¥यो र बाहिरी वातावरणमा कुनै किसिमको खतरा महसुस भयो भने शरीरले प्रतिक्रिया देखाउँछ। प्रतिक्रिया देखाउने क्रममा जुन लक्षणहरू शरीरमा उत्पन्न हुन्छ त्यसलाई हामीले एन्जाइटी भन्छौ।

    विभिन्न मानसिक समस्या जस्तै ‘प्यानिक डिसअर्डर’,’पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर’,‘फोबाइस र अब्सेसिभ कम्पल्सिभ डिसअर्डर(ओसीडी)’का कारण पनि ‘एन्जाइटी’ हुन सक्छ।

    कुनै पनि व्यक्तिमा ‘एन्जाइटी’ प्रारम्भिक चरण मै देखिए त्यसलाई ‘जेनरल एन्जाइटी डिसअर्डर (जीएडी)’ भनिन्छ। बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले ‘जीएडीभएका व्यक्तिहरू प्राय दिनहरूमा चिन्तित रहन्छन् र पछिल्लो पटक आफू आनन्दले बसेको याद गर्न सक्दैनन्। एक विषयमा आफूमा रहेको चिन्ता अन्त्य हुने बित्तिकै उनीहरू अरू विषयका कारण पुन चिन्तित बन्छन् ’ भनेर व्याख्या गरेको छ।

    ‘एन्जाइटी डिसअर्डर’ हुनु अमेरिकामा मात्र हैन नेपालमा पनि सामान्य भइसक्यो। यसबाट ४ करोड युवा अमेरिकामा प्रभावित छन्। नेपालमा कुनै अध्ययन अनुसन्धान भएको छैन।

    विश्व स्वास्थ्य संगठन (डब्लुएचओ )का अनुसार विश्वभर ३०० मिलियन मान्छेमा एन्जाइटी डिसअर्डर रहेको छ।

    ‘एन्जाइटी डिसअर्डर’ कुनै नयाँ मानसिक रोग होइन। सन् १६२१ मा रोबर्ट बर्टनले ‘डी एनाटोमी अफ मेलनकोली’ मा एक बिरामीलाई ‘हिप्पोक्रेट’ भनी ‘एन्जाइटी’का बारेमा लेखेका थिए।

    ’उनी कार्यालय आएनन् किनभने उनमा आफ्नो गलत प्रयोग हुनसक्ने,घृणित महसुस गर्न सक्ने, हाउभाउ वा बोलीचालीमा असफल हुने , बिरामी हुने आभास हुन्छ। सबैले आफूलाई हेरिरहेको भनी असजिलो महसुस गर्छन्।’ लेखको एक अंश त्यस्तो थियो।

    ‘एन्जाइटी’ मानिसहरूमा मात्र हुने मानसिक बिमारी होइन। यसको सुरुवात नै हिंस्रक जनावरबाट भएको मान्न सकिन्छ। मानिसको जीवनमा डर लाग्दो परिस्थिति आउँदा चिन्तित हुने कुरा उसको प्राकृतिक क्षमतामा निर्भर गरेको हुन्छ।

    धेरै पटक ’एन्जाइटी’बाट प्रभावित हुँदा त्यसले धेरै समस्या निम्तिन सक्छ।

    एन्जाइटी डिसअर्डर किन हुन्छ त ? यसको निश्चित कारण भेटिदैन । यद्यपि जीवनमा घटेका कतिपय अप्रत्यासित पीडादायक घटनाहरुले मान्छेलाई एन्जाइटीको अवस्थामा पु¥याउन सक्ने बताइन्छ । त्यसैगरी वंशाणुगत कारणले पनि एन्जाइटी डिसअर्डर हुने सम्भावना अत्यधिक हुन्छ । कतिपयलाई विभिन्न शारीरिक रोगले एन्जाइटी बढाउँछ । एन्जाइटीको समस्या कतिपय मेडिकल रोगसँग पनि सम्बन्धित हुन्छ । मुटु रोग, मधुमेह, थाइराइडजस्ता रोगको सम्बन्ध एन्जाइटीसँग पनि हुने गर्छ । धूमपान, मद्यपान, लागु पदार्थको सेवन, श्वासप्रश्वासमा समस्या, दम आदि पनि एन्जाइटीका कारक हुन् ।

    एन्जाइटीका सामान्य लक्षण

    –अनायस भय पैदा हुनु ।

    –मुटुको धड्कन बढ्नु ।

    –पसिना आउनु ।

    –हातखुट्टा काम्नु ।

    –छटपटी हुनु ।

    –टाउको दुख्नु ।

    –ग्याष्ट्रिक हुनु ।

    –आत्माविश्वास हराउनु ।

    –कमजोरी महसुष हुनु ।

    कसरी बच्ने ?

    खराब जीवनशैली पनि एन्जाइटीको एक मूख्य कारण भएकाले जीवनशैली सुधार्नुपर्छ । पोषिलो र सन्तुलित खानपान, पर्याप्त निद्रा नियमित व्यायाम, सकारात्मक चिन्तन आदि जरुरी हुन्छ । खासगरी कामको बोझ धेरै हुने व्यक्तिमा एन्जाइटी बढेर जाने जोखिम हुन्छ, त्यस्तो अवस्थामा कामको बोझ घटाउँदै जाने गर्नुपर्छ ।

    एन्जाइटी भएमा मनोपरामर्शदातासँग नियमित परामर्श लिन जरुरी हुन्छ । मनोपरामर्शदाताले कग्नेटिभ बिहेभिएर साइको थेरापीको माध्ययमबाट उपचार गर्छन् । बिरामीलाई निकै गाह्रो भएको अवस्थामा मनोचिकित्सकबाट औषधी नै सेवन गर्नुपर्ने हुन्छ । यस्तो समस्यालाई कहिल्यै पनि सामान्य ठानेर बस्नु हुँदैन । नत्र यसले गम्भीर समस्या निम्त्याउन सक्छ ।

    एन्जाइटीको मात्रा केही कम भइसकेपछि विस्तारै योग, ध्यान तथा प्राणायामलाई नियमित गर्नु लाभदायक हुन्छ । नियमित ध्यानले नकारात्मक सोचलाई कम गरी प्रतिकूल अवस्थामा पनि संयम रहनसक्ने क्षमता विकास गर्छ । यसका साथै विश्रामको अभ्यास, योग निद्राको नियमित अभ्यास गर्दा तनाव हटाउन सहयोग पुग्छ ।