चैतन्य राशिफलः मेषको अध्ययनमा प्रगति, कन्याको खर्च - Chaitanya News
  • 2026-11-19
  • 06:58:08
  • बिहिबार,मंसिर ०४, २०८३
  • चैतन्य राशिफलः मेषको अध्ययनमा प्रगति, कन्याको खर्च

    चैतन्य राशिफलः मेषको अध्ययनमा प्रगति, कन्याको खर्च

     

    मेषः (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    अध्ययनमा प्रगति हुनेछ भने चिताएको काम समेत सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ।

    वृषः (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    मेहनतले सम्मानित स्थान समेत दिलाउनेछ। मान–सम्मान प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ।

    मिथुनः (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    मेहनतले अवसर दिलाउनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने मनग्य धन आर्जन हुनेछ। सानो प्रयासले नै काम बन्नेछ।

    कर्कटः(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    सुन्दर पहिरनमा मन रमाउनेछ। आगन्तुकहरूको उपहारले प्रसन्नता मिल्नेछ। कामले जीवनशैली व्यस्त रहनेछ। पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ।

    सिहंः (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    विशेष काममा लगानी गर्न ठिक पारेको रकम अरूका लागि खर्च हुन सक्छ। सरसापटमा धन बाहिरिने समय छ। आम्दानी रोकिनाले कर्जाको रकम लिनुपर्ने हुन सक्छ। प्रगतिमा ईर्ष्या गर्नेहरूले पनि अवरोध पुर्याउनेछन्।

    कन्याः (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउनेछ। तर प्रतिफलका लागि समय पर्खनुपर्ला।

    तुलाः (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। श्रमको उचित मूल्य पाइनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। पेसा–व्यवसायमा फाइदा हुनेछ।

    वृश्चिकः (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। रोकिएको काम बन्नुका साथै जिम्मेवारी समेत बढ्न सक्छ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ।

    धनुः (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापार–व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ। मिहिनेत गर्दा कीर्तिमानी काम सम्पादन हुनेछ।

    मकरः (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ।

    कुम्भ ः (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    धेरैले आफ्ना कामको तारिफ गर्नेछन्। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ।

    मीनः (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    मेहनत गर्दा राम्रै फाइदा हुनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ।