काठमाडौं– बिहीबारदेखि काठमाडौंमा सुरु हुने साफ यू–१९ च्याम्पियनसिपमा नेपालले उपाधि जित्ने लक्ष्य लिएको छ।
प्रतियोगिता अन्तर्गत नेपालले पहिलो खेल बिहीबार दिउँसो साढे ४ बजे दशरथ रंगशालामा पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ।
बिहीबार दिउँसो साढे १ बजे भारतले बंगलादेशसँग दशरथ रंगशालामा नै प्रतिस्पर्धा गर्नेछ। समुह ए मा नेपाल, पाकिस्तान र माल्दिभ्स रहेका छन्। त्यस्तै समुह बी मा भारत, भुटान र बंगलादेश रहेका छन्।
नेपालले यसअघि सन् २०१५ मा घरेलु मैदानमा नै उपाधि जितेको थियो । प्रशिक्षक सुनिल श्रेष्ठले खेलअघिको पत्रकार सम्मेलनमा समूह विजेता बनेर सेमिफाइनलमा जाने र उपाधि जित्ने लक्ष्य रहेको बताए। ‘हाम्रो लक्ष्य भनेको हरेक खेल जित्दै जाने, समूह विजेता बन्दै उपाधि जित्ने लक्ष्य हो’, उनले भने।