धिरेन्द्र चन्द सोडारी जरोकिलो पार्टीमा आवद्ध छन्। २९ वर्षीय सोडारी सोही पार्टीबाट ललितपुर क्षेत्रनम्बर ३ बाट प्रतिनिधि सभाको प्रत्यासी रहेका छन्। पार्टी स्थापना कालदेखि नै जरोकिलो महाअभियानमा आवद्ध भएर मौलिक जरोकिलो पार्टीबाट राजनीतिक गरिरहेका हुन्। सोडारी पेशाले युवा व्यवसायी हुन्। उनले उनी सफ्ट्वेर इन्जिनियर हुन्। सोडारीले सफ्टवेयर कम्पनी चलाइरहेका छन्। उनले विशेष गरी उद्यमशीलता र शिक्षा क्षेत्रमा काम गरिरहेका छन्। उनीसँग सानै उमेरमा विभिन्न क्षेत्रमा काम गरेको राम्रो अनुभव छ। कृषि, शिक्षक पेशामा,पत्रकारिता क्षेत्रमा उनको राम्रो दखल छ। विभिन्न किसिमका तालिम दिने, लेख रचना लेख्ने, विभिन्न विषयमा अनुसन्धान गर्ने, विभिन्न पुस्तकको सम्पादक, प्रकाशक र सम्पदा गर्ने काम उनले गरेका छन्। सोडारीले म्युजिक भिडियोमा समेत अभिनय गरेका छन्। यतिबेला उनको उम्मेदवलारी ललितपुर ३ बाट किन? प्रस्तुत छ यही विषयमा केन्द्रीत रहेर गरिएको सम्वाद :
ललितपुर ३ बाट तपाईंको उम्मेदवारी किन?
युवाहरू राजनीतिमा आउनुपर्छ भन्ने उदेश्यका साथ मेरो उम्मेदवारी हो। युवाहरूसँग रचनात्मक क्षेमता र ऊर्जा हुन्छ। मेरो विशेष उदेश्य कला, संस्कृति र सम्पदाका क्षेत्रमा काम गर्ने रहेको छ। यस्तै उद्यमशीलता र रोजगारीका क्षेत्रमा काम गर्ने उदेश्य छ। स्वास्थ्य र शिक्षाका क्षेत्रमा काम गर्ने पनि मेरो ठूलो चाहना रहेको छ। ललितपुर सांस्कृतिक सहर हो। त्यसैले मैले यहाँका कला, संस्कृति र सम्पदाको संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने छु। हामी काठमाडौं उपत्यकालाई विश्वभरका सांस्कृतिक सम्पदाको राजधानी बनाउने एजेन्डाका साथ काम गर्ने छौं। त्यसका लागि सम्पदा आयोग गठन गर्न मैले विशेष पहल गर्ने छु। पुरातात्विक सम्पदालाई विज्ञान र प्रवृद्धिसँग जोडेर रोजगारका कुरा सिर्जना गर्ने, यो भनेको पर्यटनको आगमन बढाउने हो। त्यहाँका सांस्कृतिक सम्पदा, घरहरूको पुनर्स्थापना गर्ने योजना छ। म ती क्षेत्रको विज्ञ नभए पनि विज्ञको सुझाव लिएर काम गर्ने छौं।
दोस्रो भनेको हामीले उद्यमशीलताका क्षेत्रमा काम गर्नु आवश्यक छ। म आफैँ पनि कम्युटर विषय अध्ययन गरेको मान्छे। मैले आइटीका क्षेत्रमा थुप्रै काम गर्ने योजना बनाएको छु। नेपाल सरकारले ल्याएको डिजिटल फ्रेमवर्कलाई कार्यान्वयन गर्ने हाम्रो चाहना छ। यसमा उद्योग, कृषि, कला, संस्कृतिलगायत सबै कुरा समेटिएको छ। त्यो सँगसँगै आइसिटी बोर्ड गठन गर्ने चाहना रहेको छ। त्यसैबाट डिजिटल कार्य गर्ने योजना रहेको छ।
त्यसका साथै शिक्षा र स्वास्थ्यका क्षेत्रमा थुप्रै काम गर्ने योजना छ। मौलिक शिक्षा पद्धतिको विकास गर्नु अहिलेको आवश्यकता हो। जुन ठाउँमा जुन भाषा भाषिको बाहुल्य छ त्यो ठाउँमा मौलिक भाषाको पाठ्यक्रम निर्माण गरेर त्यहाँका सांस्कृतिक, धार्मिक कुराहरूको उजागर गरेर त्यसलाई प्रवृद्धिको विकाससँग जोड्ने काम गर्न आवश्यक छ। यसले हाम्रो संस्कृति हराउनुको सट्टा विकास हुँदै जाने छ। हामीले माटो सुहाउँदो मौलिक शिक्षा पद्धति दिनुपर्छ। अर्को कुरा अहिलेको अवस्था र व्यवस्था दुवै परिवर्तन गर्न आवश्यक छ। अन्य केन्द्रीय एजेन्डा पनि छन्। खानेपानीको समस्या छ। यस्ता थुप्रै कुरा छन्। संविधानमा लेखिएको धर्म निरपेक्षता खारेज गर्नुपर्छ। नेपाललाई सनातन धर्म सापेक्ष राष्ट्र लेख्ने भनेर हामीले विकल्प पनि अघि सारेका छौं।
पुनर्जागरणमा आधारित आधुनिकता र आधुनिकतासहितको पुर्जागरणका लागि हामीले विभिन्न दर्शन, सिद्धान्त, दृष्टिकोण, कार्यपद्धति अवलम्बन गर्ने छौं। हाम्रो दर्शन सहृदयता हो। आधारशिला विज्ञानको बुद्धि, प्रविधिको प्रगति, धर्मको विवेक र सहृदयताको सम्बन्धलाई हामीले मान्ने छौं। हामीले समाजविकासको सिद्धान्तलाई स्थितिगत्यात्मक प्रगतिवाद भन्ने गरेका छौं। सहृदयता अर्थतन्त्र हाम्रो आर्थिक शिद्धान्त हो। वैज्ञानिकतायुक्त धर्म एवं धार्मिकतायुक्त विज्ञानलाई हामीले दृष्टिपात गरेका छौं। अनुसन्धान, उद्यमशीलता, विकासलाई अवलम्बन गर्न नसक्दा नेपाली समाज पछि परेको हो। हामीलाई त्यो छुट छैन। विशिष्ट्र नेतृत्व, सामृहिक कर्तृत्व, संस्थागत स्वामित्वको खडेरी पनि नेपाली राजनीतिमा देखिन्छ। हाम्रो राज्य राष्ट्र शिद्धान्त राजनीतिक शिद्धान्त रहेको छ। हामी नेपाली माटो सुहाउँदो राजनीतिक शिद्धान्त हुनुपर्छ भन्ने हाम्रो मान्यता हो।
जनतालाई यी कुरा कसरी बुझाउनु हुन्छ र विश्वास जित्नुहुन्छ?
अहिले हामीले टोलटोलमा सतसंग गरिरहेका छौं। हामीले पुर्खाका कुरा सुन्ने, हाम्रा कुरा राख्ने गरिहरेका छौं। सबैबाट राम्रो प्रतिकृया पाइरहेको छु। हाम्रा एजेन्डा सुनेर उहाँहरू हर्षित हुनुहुन्छ। आफ्ना नीति निर्माणमै थुप्रै त्रुटी छन्। हामी ती सुधार गर्ने छौं।
ठूला राजनीतिक दल बलिया प्रतिस्पर्धि हुन्, कसरी प्रास्त गर्नु हुन्छ?
उहाँहरूसँग हाम्रो प्रतिस्पर्धा नै होइन जस्तो लाग्छ। हामी अवस्था र व्यवस्था परिवर्तनको अभियानमा छौं। उनीहरू बाडिचुडी सरकार चलाएर देशको ढुकुटी रित्याउने खेलामा छन्। उनीहरूसँग हाम्रो तुलना र प्रतिस्पर्धा नै हुँदैन। जनताले हामीलाई पत्याउनेमा म विश्वस्त छु। जनताले विभिन्न दलले आफ्ना शिद्धान्त फोहोरको टोकरीमा फालिरहेको आरोप लगाउनु भइरहेको छ। ललितपुर महानगरको प्रमुखले राम्रो काम गरिरहनु भएको छ। राम्रो कामलाई जुनसुकै दलको व्यक्तिले गरेको भए पनि राम्रो भन्नु पर्छ। तर, विभिन्न दलका नेताहरूमा राजनीतिक संस्कारको अभाव देखिन्छ। उहाँहरूमा छलछाम गरेर चुनाव जित्ने दाउमात्र देखिन्छ। त्यसैले कम्प्युटर चिन्ह्नमा मतदान गरेर ललितपुर क्षेत्र नम्बर ३ काजनताले मलाई जिताउनेमा विश्वस्त छु।