एजेन्सी– दैनिक स्याउ खानाले शरीरमा धेरै फाइदाहरू हुन्छन्। अंग्रेजीमा भनाइ पनि छ ‘दैनिक एउटा स्याउ खानु डाक्टरबाट टाढा रहनु हो।’ तर, कतिपयको मनमा यस्तो प्रश्न आउन सक्छ खाना खाएपछि स्याउ खानुहुन्छ कि हुँदैन वा कुनै समयमा स्याउ खाने?
डाक्टर तथा स्वास्थ्य विशेषज्ञहरूको भनाइअनुसार खाना खाएपछि तुरुन्तै स्याउ खानु हुँदैन। यदि, तपाईं स्याउ खान चाहनुहुन्छ भने खाना खाएको दुई घण्टापछि वा दुई घण्टा अघि खानुहोस्।
खाना खाएपछि तुरुन्तै स्याउ खाँदा शरीरलाई चाहिने पोषक तत्त्व प्राप्त हुँदैन। शरीरलाई खाना र स्याउ पचाउनका लागि लामो समय लाग्छ। यस्तोमा खाना र स्याउ दुवैका पोषक तत्वहरू प्राप्त गर्न समयको अन्तर राख्नुपर्ने हुन्छ।
यदि, स्याउ खाने सही समयको कुरा गर्ने हो भने सबैभन्दा राम्रो समय बिहानको हुन्छ। बिहानको समयमा स्याउ खाँदा शरीरमा राम्रोसँग पोषक तत्वहरू प्राप्त हुन्छन् र जसलाई पचाउन पनि सजिलो हुन्छ।
स्याउमा फाइबर, क्याल्सियम र भिटामिन ‘सी’ भरपूर मात्रामा पाइन्छ। यसमा पोटासियम पनि हुन्छ, जसले उच्च रक्तचापलाई नियन्त्रण गर्छ। उच्च रक्तचापलाई नियन्त्रण गर्दा हृदयसम्बन्धी रोगहरूको खतरा कम हुन्छ। यसका लागि दैनिक खाली पेट स्याउको सेवन गर्नुपर्दछ। बढिरहेको तौललाई कम गर्नका लागि पनि स्याउ एकदमै राम्रो विकल्प हो।
स्याउमा फाइबर धेरै हुन्छ जसले गर्दा लामो समय पेट भरिएको महसुस हुन्छ । त्यसैले यसलाई बिहानको नास्तामा खानुहोस्।
दैनिकरूपमा स्याउको सेवनले रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ। यसका लागि खानपानमा भिटामिन ‘सी’ धेरै भएको खानेकुराहरू खानुपर्छ।
स्याउमा भिटामिन ‘सी’, प्रोटिनसमेत अन्य कैयौं आवश्यक पोषक तत्वहरू भरपूर मात्रामा पाइन्छ। स्याउमा एन्टिइन्फ्लेमेटरी तथा फ्लेवोनोइड क्वेरसेटिन पाइन्छ। स्याउको सेवनले हातखुट्टा सुन्निएको पनि निको हुन्छ।