चैतन्य राशिफलः आज तपाईँको स्वास्थ्य कस्तो ? - Chaitanya News
  • 2026-11-19
  • 06:29:39
  • बिहिबार,मंसिर ०४, २०८३
  • चैतन्य राशिफलः आज तपाईँको स्वास्थ्य कस्तो ?

    चैतन्य राशिफलः आज तपाईँको स्वास्थ्य कस्तो ?

     

    मेषः (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    धेरै बोल्दा समस्या आउन सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् र परिवारजनको साथले नयाँ आशा जगाउनेछ।

    वृषः (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    कामको चापबाट पनि फुर्सद पाइनेछ। खानपान, मानोरञ्जन र पहिरनको सोखले खर्च बढाउनेछ। तापनि प्रेम र मित्रताको बन्धन कसिनेछ।

    मिथुनः (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    अवसर आए पनि नयाँ काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। धेरै श्रम गर्नुपरे पनि उचित मूल्य प्राप्त नहुन सक्छ। काममा धन र श्रम खर्चनुपर्ला।

    कर्कटः(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। आफ्नो वस्तुमा अरूले दाबी गर्लान्। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम सम्पादन हुनेछ।

    सिहंः (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ। तर अवसरका साथ केही चुनौतीसमेत देखापर्ने छन्, होसियारीसाथ काममा जुट्नुपर्ला। छिद्र खोतल्नेहरूले पनि दुःख दिनेछन्, विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला।

    कन्याः (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    शुभचिन्तकहरूको साथ–सहयोगले मात्र अप्ठ्यारा चुनौती पार लगाउन सकिनेछ। अध्यात्मभाव जागृत हुनेछ। परोपकार तथा सेवामूलक काममा मन जानेछ।

    तुलाः (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    पुराना कामको चर्चा हुनेछ भने नयाँ अवसर पनि प्राप्त हुनेछ। विशेष भेटघाटले उत्साह जगाउनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ।

    वृश्चिकः (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    आवश्यक पर्दा साथीभाइको सहयोग भने नजुट्न सक्छ। मेहनतले नाम, दाम र इनाम प्राप्त हुनेछ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा फाइदा हुनेछ।

    धनुः (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ।

    मकरः (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    श्रमको उचित मूल्यांकन हुनेछ भने उठ्नुपर्ने रकम तत्काल हातलागी हुनेछ। सहयोगीहरूको साथले चिताएका काम सम्पादन हुनेछन्। प्रतीक्षित नतिजाले जीवनशैलीमा परिवर्तन आउनेछ।

    कुम्भ ः (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    खर्चिलो काम गर्नुपर्ने हुँदा धेरै रकम जुटाउनुपर्ला। ठूलो प्रयत्नले सामान्य उपलब्धि दिलाउनेछ। पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ। तर शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दुःख पाइएला।

    मीनः (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    परिवारजनबाट समेत टाढिनुपर्ला। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। आफ्नै कमजोरीले विवाद निम्त्याउनेछ। समयमा होस नपुग्नाले फजुल खर्च बढ्नेछ।