एसिया कप क्रिकेट फाइनलमा श्रीलंका टस जितेर ब्याटिङ गर्दै - Chaitanya News
  • 2026-06-07
  • 02:03:03
  • शनिबार,जेठ २३, २०८३
  • एसिया कप क्रिकेट फाइनलमा श्रीलंका टस जितेर ब्याटिङ गर्दै

    एसिया कप क्रिकेट फाइनलमा श्रीलंका टस जितेर ब्याटिङ गर्दै

    काठमाडौं– एसीसी एसिया कप क्रिकेटको फाइनल साविक विजेता श्रीलंका र भारतबीच प्रतिस्पर्धा हुँदैछ। श्रीलंकाको आर प्रेमदासा स्टेडियममा घरेलु टोली श्रीलंकाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

    आयोजक श्रीलंका लगातार दोस्रो उपाधि जित्ने लक्ष्यमा छ। अघिल्ले संस्करणको फाइनलमा श्रीलंकाले पाकिस्तानलाई हराएको थियो। अहिले पनि श्रीलंका घरेलु मैदानमा उपाधि जित्दै उपाधि संख्या सातौं बनाउन चाहन्छ। यता भारतपनि श्रीलंकालाई कडा टक्कर दिने अभियानमा छ। सर्वाधिक आठ पटक विश्वकप उपाधि जितेको भारत नवौं उपाधि चुम्ने दाउमा छ।

    भारत र श्रीलंकाबीत १३ वर्षपछि उपाधि भिडन्त हुन लागेको हो। भारतले यसअघि सन् २०१८ मा उपाधि जितेको थियो। सुपर चारमा भारतले पाकिस्तान र श्रीलंकालाई हराएको थियो।

    सुपर चारमा श्रीलंकाले बंगलादेश र पाकिस्तानलाई पन्छाउँदै फाइनल यात्रा तय गरेको थियो। यदि वर्षाका कारण आज को खेल रद्द भएमा सोमबार ‘रिजर्भ डे’ मा पुनस् खेलाइने छ। एजेन्सी