मेषः (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कामना पूर्ण हुनेछ भने रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।
वृषः (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
केही समय लागे पनि लक्ष्यअनुसार काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। काममा विशेष अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले पनि हौसला जगाउनेछ। व्यापारमा फाइदा हुनेछ।
मिथुनः (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अध्ययनमा प्रगति हुनेछ। लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्न सक्छ। प्रयत्न गर्दा बोलीको भरमा काम बन्नेछ। धनलाभ हुनेछ। आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्।
कर्कटः(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। सहयोगीहरूले साथ दिनेछन् भने अहिले मिहिनेत गर्दा पछिसम्म लाभ मिल्नेछ। पहिलेका कमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुनेछ।
सिहंः (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ काम प्रारम्भ गर्न सकिनेछ र सोचेजस्तै सफलता पनि मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धन कसिनेछ। व्यवसायमा मनग्य लाभ हुनेछ।
कन्याः (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्। भौतिक साधन जुट्नाले दिगो योजना अघि बढ्नेछ।
तुलाः (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
देखेको विषयमा बोल्ने बानीले बित्थैमा दुःख पाइनेछ। अरूको आक्षेप सहनुपर्ने हुन सक्छ। घरेलु समस्याले निराश तुल्याउन सक्छ। व्यावहारिक समस्याले सताए पनि सामाजिक कार्यले हौसला प्रदान गर्नेछ।
वृश्चिकः (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समस्या दर्साएर सहयोगीहरू फेला पार्न सकिनेछ। तत्काल समस्या देखिए पनि पछिलाई फाइदा हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।
धनुः (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अवसरका साथै चुनौतीसमेत देखा पर्ने समय छ। तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला। निर्णय लिन केही अलमल भए पनि पछि लाभ हुने काम प्रारम्भ हुनेछ।
मकरः (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम गर्ने मौका आउला। प्रतीक्षित नतिजा सबल नै रहनेछ।
कुम्भ ः (गु, गे, गो, सा, सि, सु, से, सो, द)
रोकिएका काम पुनः प्रारम्भ हुनेछन्। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ।
मीनः (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काम थालनी हुनेछ। मिहिनेतले उपलब्धि दिलाउनेछ। योजना गोप्य राखेर अघि बढ्नुहोला, फाइदा हुनेछ।