आज दर खाने दिन, के खाने दरमा? यसरी बनाउन सकिन्छ विशेष परिकार - Chaitanya News
  • 2026-05-25
  • 00:57:42
  • आइतबार,जेठ १०, २०८३
  • आज दर खाने दिन, के खाने दरमा? यसरी बनाउन सकिन्छ विशेष परिकार

    आज दर खाने दिन, के खाने दरमा? यसरी बनाउन सकिन्छ विशेष परिकार

    काठमाडौं– हिन्दू महिलाहरूको महान पर्व तीजको पहिलो दिनलाई आजलाई दर खाने दिन भनिन्छ। सनातन हिन्दू धर्मावलम्बी नेपाली महिलाहरूले विशेष तयारीका साथ तीज पर्व मनाउने क्रम यो दिनबाट प्रारम्भ हुन्छ।

    विवाहित महिलाले पतिको दीर्घायुको कामना तथा अविवाहितहरूले सुयोग्य पतिको माग गर्दै भोलि पल्ट निराहार व्रत बस्ने उद्देश्यले यो दिन घरघरमा खासगरी दुग्धबाट निर्माण मिष्ठान्न परिकार तयार गरी दर खाने चलन रहेको छ। महिलाहरू यो दिन माछामासु वाहेक चोखो चिज खाएर भोलि पल्ट निराहर व्रत बस्ने गर्दछन्।

    दरमा खिर, ढकने र सेलरोटी खाने गरिन्छ। स्थान अनुसार दरखाने परिकारहरू फरक फरक छन् त्यस्तै आधुनिकता सँगै यसमा खाने परिकारहरूमा पनि फरक आउन थालेको छ। खासगरी पहाडीमूलका सनातन हिन्दू धर्मअन्तर्गतका महिलाहरूले लिने गरेको पर्व तीज भएपनि हिजोआज अरु समुदायका महिलाहरू पनि तीज मनाउन थालेका छन्।

    आज राति प्राय घरमा दर पाक्छ। विवाहित नारीहरु माइतमा गइ दर खाने गर्दछन्। भोलि बस्ने तीज व्रतको अघिल्लो दिन महिलाहरुले राति दर खान्छन्। भोलि दिनभरी खाली पेटमा तीजको व्रत बस्दा शरीरलाई शक्ति चाहिने भएकाले त्यही शक्ति पाउन आज रात परेपछि दर खाने चलन छ।

    दरको विशेष परिकार:

    दरको रूपमा खासगरी दुग्धजन्य परिकार बनाएर खाने प्रचलन छ । खीर, ढकनी, चाम्रे, आलुको तरकारी, अचारलगायत अरू मीठो मसिनो परिकार बनाएर छोरी चेलीलाई खुवाउने गरिन्छ। त्यसैले दरको विशेष परिकार भनेको यी नै खीर ढकनी जस्ता खानेकुरा हुन।

    दरको रूपमा खाने यस्ता परिकारले भोलिपल्ट सिंगै एक दिनभरका लागि मान्छेलाई तागत दिन्छ, शक्ति दिन्छ त्यसैले पनि दरको रूपमा बढी दुग्धजन्य खानेकुरा खाने गरिएको पाइएको।

    ढकनी पकाउने तरिका:

    चाहिने सामग्री

    १. चामल (ताइचिन( – २ कप

    २. घिउ – आधा कप

    ३. दूध – डेढ लिटर

    ४. सख्खर – आधा कप

    ५. मिक्स ड्राइ नट्स (काजु,किसमिस,नरिवल,छोकडा,बदाम,ओखर,पिस्ता) – ६० ग्राम

    ६.मरिच – आधा चिया चम्चा

    ७. सुकुमेलको धुलो – एक चिम्टी

    बनाउने तरिका:

    ढकनी पकाउनलाई अलि बाक्लो कसौंडी तथा अन्य भाँडाको प्रयोग गर्नु राम्रो हुन्छ। भाँडोलाई तताएर आधा कप घिउ राख्ने, घिउ तातेपछि चामललाई राखेर खैरो हुन्जेलसम्म भुट्ने र चामल खैरो भएर भुटिसकेपछि दूध राख्ने र सानो आँच गरेर केही समय पकाउनुपर्छ।

    त्यो बाक्लो हुँदै गएपछि ड्राइ नट्स, मरिच, सुकुमेलको धुलो र सख्खर राखेर राम्ररी चलाउनुपर्छ । यी सबै सामग्री राखेर पाँचदेखि १० मिनेट पकाएपछि ढकनी तयार हुन्छ।

    पञ्च फुरन आलु:

    आवश्यक सामग्री

    १. आलु मिडियम साइजको रातो आलु – आधा किलो

    २. तोरीको तेल – तीन टेबल चम्चा

    ३. ‘पञ्च फुरन’ जिरा, मेथी, धनियाँ, सुप, मुङ्ग्रेलो मिक्स – आधा चम्चा

    ४. नुन – स्वादअनुसार

    ५. जिराको धुलो – आधा चिया चम्चा

    ६. धनियाँको धुलो – आधा चिया चम्चा

    ८. खोर्सानीको धुलो – आधा चिया चम्चा

    पञ्च फुरन आलु बनाउन सबैभन्दा पहिले आलुलाई लाम्चो पारेर चार टुक्रामा काट्ने, एउटा भाँडोमा आलुलाई राखेर एक चम्चा नुन हालेर र पानी हालेर १० देखि १५ मिनेट भिजाएर छोड्नुपर्छ।