विदेश पलायन हुन बाध्य नपार भन्दै चिकित्सकहरुको प्रदर्शन - Chaitanya News
  • 2026-05-03
  • 19:33:45
  • आइतबार,बैशाख २०, २०८३
  • विदेश पलायन हुन बाध्य नपार भन्दै चिकित्सकहरुको प्रदर्शन

    विदेश पलायन हुन बाध्य नपार भन्दै चिकित्सकहरुको प्रदर्शन

    काठमाडौं– बिरामीहरुलाई उपचा। गर्न छोडेर चिकित्सकहरु बिरोध प्रदर्शनमा उत्रीएका छन। नेपाल चिकित्सक संघको आह्वानमा आन्दोलनरत चिकित्सकहरुले आज देशभरका स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन्। उनीहरुले ओपीडी सेवा बन्द गरेका कारण नयाँ र फलोअपका लागि अस्पताल जानुपर्ने बिरामीहरु उपचार सेवा पाउनबाट बन्चित भएका छन्।

    गत बुधबार हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बिरामीका आफन्तहरूबाट भएको कुटपिटको घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका स्वास्थ्य संस्थामा नयाँ बिरामी नजाँच्ने निर्णय डाक्टरहरुले गरेका छन्।

    त्यसैले नेपालको जेठो बीर अस्पतालको ओपीडी टिकट काउन्टर आज बन्द छ। त्यहाँ सेवा बन्द गरिएको सूचना टाँस गरिएको छ। त्यही सूचना पढ्दै बिरामी र तिनका आफन्त घर फर्किएका छन्।

    डाक्टरहरु पनि हातमा कालोपट्टी बाँधेर अस्पताल पुगेका छन्। उनीहरुले आकस्मिक कक्षमा र भर्ना भएका बिरामीहरुको मात्र उपचार गरेका छन्।

    पाखुरामा कालोपट्टी बाँधेका केही डाक्टरहरुले प्लेकार्डसहित बीर अस्पताल परिसरमै प्रदर्शन पनि गरेका छन्। उनीहरुले ‘हिंसा समस्या हो, समाधान होइन’, ‘ह्वाइट कोट इज टर्निङ रेड’ (सेतो कोट रातोमा परिणत हुँदैछ, ‘विदेश पलायन हुन बाध्य नपार’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन्।

    गत बुधबार हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा.प्रशान्त विडारीमाथि बिरामीका आफन्तहरूबाट भएको कुटपिटको घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाही गर्न नेपाल चिकित्सक संघले ७२ घण्टाको अल्टिमेटम दिएको थियो। तर माग सम्बोधन नभएको भन्दै संघले आज एक दिन अस्पताल, पोलिक्लिनिक, क्लिनिक लगायतमा ओपीडी सेवा रोकेका हुन्।

    गत साउन २२ गते डेंगुको लक्षण लिएर हेटौंडाको सन्चो अस्पतालमा उपचारका लागि ल्याइएका बिरामीलाई डाक्टरहरुले साउन २३ गते नै अर्को अस्पताल रेफर गरेका थिए। ती बिरामीको साउन २५ गते मृत्यु भएको थियो। त्यसपछि मृतकका आफन्तले पहिला गएको सन्चो अस्पतालले नै राम्रोसँग उपचार नगरेको आरोप लगाउँदै क्षतिपूर्तिको माग गर्दै डाक्टर माथि कुटपिट गरेका थिए।