रामारोशन हेर्न पुगे १२ देशका नागरिक - Chaitanya News
  • 2026-11-19
  • 06:19:46
  • बिहिबार,मंसिर ०४, २०८३
  • रामारोशन हेर्न पुगे १२ देशका नागरिक

    रामारोशन हेर्न पुगे १२ देशका नागरिक

    अछाम- अछामको प्रमुख पर्यटकिय क्षेत्र रामारोशनमा एकैप पटक विभिन्न १२ बढी देशका नागरिक आएका छन्।

    यसरी दुई दिनमै ठूलो समस्यामा विदेशी नागरिक रामारोशन आउन थालेपछि स्थानीय अचम्मित बनेका छन्। ठूलो संख्यामा सरकारको इजाजत बिना आएका ३९ जना विदेशी नागरिकलाई ताल प्रवेशमा रोकलगायको र अन्य २२ जनालाई अछामका सीमा क्षेत्र बेलखेत र चौखुट्टेमा रोकेको अछामका डीएसपी सन्तोष पाठकले बताए।

    हाल रामारोशन आउने विदेशी नागरिकमा भारत अमेरिकी, क्यानडा, पोल्यान्ड, इटाली, रसियन, सुइडेन, इजरायल, फ्रान्स,स्पेन, जर्मन र थाइल्यान्डलगायतका देशका नागरिक रहेको र बाँकी अनुसन्धान भइरहेको उनको भनाइ रहेको छ। उनीहरूलाई सोध्दा भाइचारा कायम होस् भने घुम्न आएका बताउने गरेका अनुमती बारे रामारोशन पर्यटन बोर्डलाई समेत कुनै जानकारी नभएको बोर्डकी निर्देशक गंगा बुढाले बताइन्।