सरकारले काम गर्न नसकेपछि समाजमा अराजकता बढ्यो : झलनाथ खनाल - Chaitanya News
  • 2026-11-17
  • 19:26:53
  • मंगलबार,मंसिर ०२, २०८३
  • सरकारले काम गर्न नसकेपछि समाजमा अराजकता बढ्यो : झलनाथ खनाल

    सरकारले काम गर्न नसकेपछि समाजमा अराजकता बढ्यो : झलनाथ खनाल

    काठमाडौँ– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सरकारले काम गर्न नसकेपछि समाजमा अराजकता बढेको टिप्पणी गरेका छन्। आज (शुक्रबार) नेकपा एसनिकट सहकारी सङ्गठनको प्रथम स्थापना दिवसमा बोल्दै उनले यस्तो बताएका हुन्।

    उनले भने, ‘अहिले अराजकता बढ्दै छ। अहिले मान्छेले भोट हाल्नुपर्दा राप्रपालाई पो हाल्न थालेका छन् हिजो तीस वर्ष तानासाही शासन गरेको होइन उनीहरूले, तीस वर्ष तानाशाह शासन गर्नेलाई अहिले मान्छेहरूले माया गर्न थालेका छन्। अनि त्यो रास्वपा भन्ने के हो के हो? कसैले चिनेको पनि छैन। तर, मान्छेहरूले त्यतैतिर भोट हाल्न थालेका छन्। किनभने पहिलेदेखि स्थापित पार्टीहरूले काम गर्न नसकेपछि ध्यान त्यतातिर डाइभर्ट भइरहेको छ। यो एकदम खतरनाक कुरा हो।

    उनले अहिलेको अराजकताको अन्त्य गर्नको लागि आफ्नो पार्टीले विकल्प दिन सक्नुपर्ने बताए। उनले भने, ‘अब सबै कुराको विकल्प समाजवाद हो। समाजवादको बाटोमा जान सक्नुपर्छ।

    राप्रपाले काठमाडौंमा त्यत्रो जुलुस निकाल्दा काँग्रेस र एमालेले आँट गर्न नसकेको बताए।