बलात्कार प्रयास र कुटपिटको आरोपमा युनाइटेडका फरवार्ड ग्रिनवुड पुनः पक्राउ - Chaitanya News
  • 2026-04-25
  • 03:31:11
  • शुक्रबार,बैशाख ११, २०८३
  • बलात्कार प्रयास र कुटपिटको आरोपमा युनाइटेडका फरवार्ड ग्रिनवुड पुनः पक्राउ

    बलात्कार प्रयास र कुटपिटको आरोपमा युनाइटेडका फरवार्ड ग्रिनवुड पुनः पक्राउ

    काठमाडौं– म्यानचेस्टर युनाइटेडका फुटबलर मेसन ग्रिनवुड बलात्कारको प्रयास, नियन्त्रण गर्ने व्यवहार र कुटपिटको आरोपमा पक्राउ परेका छन् अनलाइनमा फोटो र भिडियो पोष्ट भएपछि २१ वर्षीय फरवार्डलाई गत जनवरीमा प्रहरीले पक्राउ गरेको थियो।

    त्यसपछि धरौटीमा रिहा भएका उनी त्यसको नियमहरु उल्लंघन गरेको आरोपमा शनिबार पुनः पक्राउ गरेका हुन्। सोही महिलाको उजुरीको सम्बन्धमा ग्रिनवुडलाई पक्राउ गरिएको अभियोजकले जानकारी दिएका छन्। ग्रिनवुडलाई म्यानचेस्टर एन्ड सालफोर्ड म्याजिस्ट्रेट कोर्टमा सोमबार प्रस्तुत गरिने बताइएको छ।

    इंग्ल्याण्डको सिनियर टोलीका लागि एक खेल खेलेका खेलाडीले पक्राउ परे यता म्यानचेस्टर युनाइटेडबाट खेल्ने वा प्रशिक्षण गरेका छैनन्। नाइकीले उनीसँगको प्रायोजन अन्त्य गरेको छ भने एलेक्ट्रोनिक आर्टस्ले फिफा २२ खेलबाट उनलाई हटाएको छ।
    बीबीसी