काठमाडौँ– प्रशासन क्षेत्र सुधारबारे छलफल गर्न भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालयका प्रशासन महाशाखा प्रमुखहरूलाई मन्त्रालयमा बोलाएको छ।
अहिले मन्त्रालयको हलमा सामान्य प्रशासन मन्त्री अनिता देवी साहसमेतको उपस्थितिमा छलफल चलिरहेको छ। छलफल पछि प्रशासन सुधारका लागि मन्त्री साहले निर्देशन दिने कार्यक्रम छ।
साह मन्त्री बनेपछि सबै मन्त्रालयका प्रशासन महाशाखा प्रमुखहरूसँग पहिलो पटक छलफल गरिएको उनको सचिवालयले जनाएको छ।
छलफलमा सबै मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्र लगायतका प्रशासन महाशाखाका प्रमुखहरूको उपस्थिति छ ।