काठमाडौं–नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टिमा पशुपति आर्यघाटमा सयौं सर्वसाधारण पुगेका छन्।
आज (बिहीबार) दिउँसो नेम्वाङको पार्थिव शरीर बालुवाटारस्थित निवासबाट पशुपति आर्यघाट लगि अन्त्येष्टि गरिएको हो। त्यस क्रममा आर्यघाटमा ठूलो संख्यामा सर्वसाधारण पनि पुगेका थिए।
विभिन्न राजनीतिक दलका नेता, समाजका अन्य क्षेत्रका गन्यमान्यका साथै सर्वसाधारण पनि चर्को घामको परवाह नगरी नेम्वाङप्रति सम्मान व्यक्त गर्न पुगेका थिए। नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो उनलाई नेपाली सेनाको टोलीले सलामी दिएको थियो।
नेम्वाङको गत मंगलबार विहान हृदयघातका कारण निधन थियो।