सुवास नेम्वाङको अन्त्येष्टिका लागि पार्थिव शरीर पशुपति पुर्‍याइयो (हेर्नुहोस् तस्वीर) - Chaitanya News
  • 2026-11-19
  • 05:36:18
  • बुधबार,मंसिर ०३, २०८३
  • सुवास नेम्वाङको अन्त्येष्टिका लागि पार्थिव शरीर पशुपति पुर्‍याइयो (हेर्नुहोस् तस्वीर)

    सुवास नेम्वाङको अन्त्येष्टिका लागि पार्थिव शरीर पशुपति पुर्‍याइयो (हेर्नुहोस् तस्वीर)

    काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टिका लागि पार्थिव शरीरलाई पशुपति लगिएको छ।

    आज (बिहीबार) बिहान नेम्वाङको निवास बालुवाटारबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै शवयात्रा निकालेको हो। शवयात्रा बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाटमा पुर्‍याइएको छ।

    नेम्वाङको पशुपति आर्यघाटमा आज राजकीय सम्मानका साथ अन्त्येष्टि हुनेछ। उनको अन्तिम विदाइको लागि ठूलो संख्यामा सुभेच्छुकहरु पशुपतिमा पुगेका छन्।

    नेम्वाङको मंगलबार निधन भएको थियो।