फूल कहिले दुई पटक फक्रदैन जन्म कहिले दुई पटक हुँदैन । हजारौँ मान्छे पाइन्छन यो संसारमा तर हजारौँ गल्तीहरूलाई माफी गर्ने बा– आमा अहिलै पाइँदैन ।बुवाको माया सितैमा पाइन्छ। त्यसैले होला मानिसहरू त्यसको सम्मान गर्दैनन्,मतलब गर्दैनन्। दुनियाँमा अरु सबै सम्बन्धलाई पाउनलाई केही न केही मूल्य तिर्नुपर्छ। दुनियाँभरको सम्बन्धमा बसेर पो थाहा भयो, यो संसारमा बाबा– आमा बाहेक अन्य कोही आफ्नो हुँदैन। जसले यो कुरा बुझेको छ ऊ सबैभन्दा भाग्यमानी हो तर जसले यो कुरा बुझेर नि नबुझको जस्तो गर्छ ऊभन्दा अभागी कोही नहोला यो संसारमा दुनियाँमा सबैले आफ्नो दुःख कसैन कसैसँग साट्ने गर्छन, तर बुवामात्रै त्यस्तो मान्छे हुँन जो आफ्नो दुःख कसैसँग नि साट्दैनन्। गोजी खाली भए पनि मैले केही चाहियो भन्दा नाइँ भनेको कहिले देखेको छैन। मैले मेरो बुवाभन्दा धनी मान्छे कोही दखेको छैन। दुनियाँमा बुवा मात्रै यस्तो मान्छे हुन जो चाहान्छन् कि उनको छोरा छोरी आफुभन्दा सफल र योग्य हुन।
तिमी स्वर्ग कहाँ छ भनेर सोधछौ भने म मेरो बाबाको काखमा भनिदिउँला
संसारकै संसारकै प्यारो साथ भन्छौ भने म मेरो बाबाको साथ भनिदिउँला।
हाम्रो रहरहररू पुररा हुन समय लागेको होला तर , अधुरो भएको छैन।
भगवानको स्वरुप मैले मेरो बाबालाई देखेको छु।
उहाँको कृपा अपार नभएको होइन। बाबा हजुरका सपनाहरु म छाया बनेर पूरा गर्नेछु।
हजुरले दिएको सस्कारमा म मेहेनेत गरेर आसहरु भर्नेछु।
बाचा गर्छु म एक दिन सफल हुने छु। र भागिदार हजुर हुनुहुनेछ।
मेरो कयौं गल्तीले दुखेको मन म एक दिनसफल भएपछि खुसीले हजुरको आँखा रसाउने छ।
आफू पछि परि मलाई अघि बढने साहास दिनु हुन्छ।
मलाई जिवनको हेरक दुख संग लडन सक्ने साहास दिनु हुन्छ ।
बाबाको जस्तो मुहार परेकि छोरि भाग्यमानि हुन्छभन्थे तर कसरी भनु हजुर जस्तो बाबा पाए भाग्यमा श्री लेखेर आएकि रहेछु।
मलाई ठेस लागदा उठन सिकाउने,संसारसँग लड्न सक्ने हिक्मत दिन सिकाउने।
छोरी आफू गलत नभए कसैको अगाडि नझुक्नु है भनी सिकाउने।
मलाई जिउने मर्ग सिकाउने।
बाहिर जतिसुकै कठोर भए पनि मैले मेरो बाबाको माया बुझेकी छु।
संसारमा नदेखिने भगवान भन्दा माथि राखेर मैले हजुरलाई पुजेकी छु।