मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना शनिबारसम्मै रहने - Chaitanya News
  • 2026-11-19
  • 05:36:17
  • बुधबार,मंसिर ०३, २०८३
  • मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना शनिबारसम्मै रहने

    मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना शनिबारसम्मै रहने

    काठमाडौं– जल तथा मौसम विज्ञान विभागले मेघ गर्जन र चटयाङसहित वर्षाको सम्भावना सनिबारसम्मै रहने बताएका छन। गएराति काठमाडौं र आसपासका क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा भयो। मनसुनको समयमा सामान्यतया मेघगर्जन र चट्याङ पर्दैन तर बुधबार राति सुतिरहेका मानिसहरुलाई तर्साउने गरी बिहानपखसम्मै मेघगर्जन र वर्षा भइरह्यो।

    विभागका अनुसार सबैभन्दा बढी वर्षा काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने धाप ड्याममा रेकर्ड भएको छ। १२ घण्टाको अवधिमा धाप ड्याममा ८१ मिलिमिटर वर्षा मापन भएको छ। त्यसपछि दोस्रो धेरै नुवाकोटको ककनी क्षेत्रमा ६४ मिलिमिटर वर्षा रेकर्ड भएको छ।

    हिजोआज ठूलो पानी पार्ने प्रणाली पनि छैन। तर राति मेघगर्जन र चट्याङसहित घनघोर पानी किन पर्यो होला रु मौसमविद् रोजन लामिछाने भन्छन्, ‘दिनभर चर्को घामका कारण विकसित स्थानीय प्रणालीलाई भारत र बंगालको खाडी आसपासको न्यूनचापीय प्रणालीले सपोर्ट गरेका कारण मेघ गर्जन र चट्याङसहित वर्षात भयो।

    लामिछानेका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। यसको अर्थ पानी पार्ने प्रणाली भारततिर बढी छ। नेपालमा भारतको दक्षिण–पश्चिम उत्तर प्रदेश र त्यस आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव मात्रै छ। यस्तै बंगालको खाडीको उत्तरपश्चिम क्षेत्रमा रहेको न्यूनचापीय रेखाको पनि नेपालमा आंशिक प्रभाव छ।

    मनसुनको समयमा जलवाष्पयुक्त हावा धेरै हुन्छ र पानी पर्छ। सामान्यतया मनसुनको समयमा मेघगर्जन र चट्याङ कम हुन्छ। तर हुँदै नहुने भन्ने चाहिँ हुँदैन । २०७९ साउन २४ गते र २०७८ भदौ २० गते पनि काठमाडौंमा हावाहुरी, मेघगर्जन र चट्याङसहित वर्षा भएको थियो।

    नेपालमा यस वर्ष सरदर मितिभन्दा एक दिन ढिला ३१ जेठ ९१४ जुन० मा मनसुन भित्रिएको थियो। नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टुबर २ हो। सरदर मिति अनुसार मनसुनको अवधि अझै १५ दिन यसमा केही दिन तलमाथि हुनसक्छ० बाँकी छ। अर्थात् अहिले ‘पोष्ट मनसुन’को समय छ। पोष्ट मनसुनको बेलामा पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना हुने मौसमविद लामिछानेको भनाइ छ। मेघगर्जन र चट्याङ प्रि(मनसुनको समयमा बढी हुन्छ।

    यद्यपि आज राति पनि मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा लेखिएअनुसार आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    यसैगरी भदौ २९ गते शुक्रबार र ३० गते शनिबार पनि बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।