नेम्वाङका छोराहरू नेपाल आइपुगे, पार्थिव शरीर घर लगियो - Chaitanya News
  • 2026-11-19
  • 05:25:25
  • बुधबार,मंसिर ०३, २०८३
  • नेम्वाङका छोराहरू नेपाल आइपुगे, पार्थिव शरीर घर लगियो

    नेम्वाङका छोराहरू नेपाल आइपुगे, पार्थिव शरीर घर लगियो

    काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका छोराहरु नेपाल आईपुगेका छन। छोराहरु नेपाल आईपुगेपछि नेम्वाङको पार्थिव शरीरलाई घर लगिएको छ।

    नेम्वाङका जेठा छोरा सपरिवार बेलायतमा बसोबार गर्दै आएका थिए भने कान्छा छोरा अष्ट्रेलिया भ्रमणमा गएका थिए।

    ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार दिनभरि र बुधबार विहान ९ देखि १ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिएको नेम्वाङको शव बुधबार दिउँसो बालुवाटारस्थित निवासमा लगिएको हो।

    निवासमा पारिवारिक तथा धार्मिक संस्कार अनुसार उनका आफन्तजन, इष्टमित्र र परिवारका सदस्यबाट अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ।

    नेम्वाङको अन्त्येष्टि बिहीबार बिहान ११ बजे राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा गरिने भएको छ। बिहीबार सरकारले सार्वजनिक बिदा पनि दिएको छ। नेम्वाङका दुई छोरा र दुई छोरी छन् । छोरीहरू भने काठमाडौंमै नेम्वाङसँगै थिए।