देउवासँग प्रतिष्पर्धा गरिरहेका सागर ढकाललाई राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन - Chaitanya News
  • 2026-04-25
  • 03:07:51
  • शुक्रबार,बैशाख ११, २०८३
  • देउवासँग प्रतिष्पर्धा गरिरहेका सागर ढकाललाई राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन

    देउवासँग प्रतिष्पर्धा गरिरहेका सागर ढकाललाई राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन

    काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवासँग स्वतन्त्र रुपमा निर्वाचनमा प्रतिष्पर्धा गरिरहेका सागर ढकाललाई राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गरेको छ। ढकाललाई निःशर्त समर्थन गरिएको सो पार्टीले जनाएको छ।

    राजनीतिलाई आजीवन पेसा बनाएकाहरु, पटक पटक परीक्षण भइसकेकाहरुको बदलामा नयाँ र योग्यलाई राजनीतिमा प्रवेश गराउने कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी सँधै सकारात्मक रहेको भन्दै डडेलधुरामा सुई निर्वाचन चिह्न लिएर चुनावी प्रतिष्पर्धामा रहेका ढकाललाई समर्थन गर्ने निर्णय गरिएको पार्टीको आधिकारिक पेजमा उल्लेख गरिएको छ।

    पार्टीको आधिकारिक फेसबुक पेजमा लेखिएको छ राजनीतिक सिन्डिकेट तोड्ने अभियानमा सागर ढकालहरुको राजनीतिमा प्रवेश र हिम्मत मात्रैले पनि विशेष अर्थ दिनेछ। यस्तोमा बहालवाला प्रधानमन्त्रीका विरुद्धमा निर्वाचनमा होमिनु भएका सागर ढकालको कदमको प्रशंसा गर्दै डडेल्धुरामा सिरिन्ज (सुई) निर्वाचन चिह्न लिएका सागर ढकाललाई राष्ट्रिय स्वतन्त्र पार्टीले निःशर्त समर्थन गर्दछ।