गठबन्धनमा अन्तरघात नभए राम्रो परिणाम आउँछ : देउवा - Chaitanya News
  • 2026-04-25
  • 03:07:51
  • शुक्रबार,बैशाख ११, २०८३
  • गठबन्धनमा अन्तरघात नभए राम्रो परिणाम आउँछ : देउवा

    गठबन्धनमा अन्तरघात नभए राम्रो परिणाम आउँछ : देउवा

    काठमाडौं- नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न निर्वाचनमा सत्ता गठबन्धनलाई सफल बनाउन आग्रह गरेका छन् ।

    केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबार बसेको बैठकमा सभापति देउवाले गठबन्धनको पक्षमा जनलहर सिर्जना हुने गरी माहोल बनाउन र पार्टी पंक्तिलाई परिचालन गर्न निर्देशन दिएका हुन् ।

    उनले गठबन्धनका कारण कांग्रेसभित्रै अन्तरघात नभए कांग्रेसले पनि राम्रो चुनावी परिणाम हासिल गर्ने बताए । ‘गठबन्धन भएको छ, सिटको बाँडफाँड हुँदा कतै पाइएको छ, कतै छोड्नुपरेको छ,’ बैठकमा सभापति देउवाले बोलेको उद्धृत गर्दै एक नेताले भने।

    पार्टीभित्र गठबन्धनको पक्षमा माहोल बनाउन प्रधानमन्त्री देउवाले विगतमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेको, र चुनावको मिति घोषणा गर्दा आफूले निर्वाचनकै जानुपर्ने धारणा राखेको समेत स्मरण गरे ।