बालुवाटारमा बसेको सत्ता गठबन्धन र पार्टी बैठकको खर्च कांग्रेसको कोषबाट बेहोरिने - Chaitanya News
  • 2026-04-25
  • 03:08:41
  • शुक्रबार,बैशाख ११, २०८३
  • बालुवाटारमा बसेको सत्ता गठबन्धन र पार्टी बैठकको खर्च कांग्रेसको कोषबाट बेहोरिने

    बालुवाटारमा बसेको सत्ता गठबन्धन र पार्टी बैठकको खर्च कांग्रेसको कोषबाट बेहोरिने

    काठमाडौं- बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक र कांग्रेस बैठकको खर्च कांग्रेसको कोषबाटै तिरिने भएको छ।

    शुक्रबार पार्टी कार्यालयमा बसेको कांग्रेस कार्यसम्पादन बैठकमा महामन्त्री गगन थापाले गठबन्धन बैठक र कांग्रेस बैठकको खर्च कांग्रेसकै कोषबाट बेहोर्नु पर्ने प्रस्ताव राखेका थिए।

    उनको प्रस्तावमा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले सहमति जनाएका हुन्। ‘पार्टी र गठबन्धनको खर्च जुन छ, त्यो राज्य कोषबाट भरपाई नगरौं, राज्य कोषलाई भार नथपौं भन्ने प्रस्ताव गरेको थिएँ, त्यो कांग्रेसकै कोषबाट गर्नुपर्छ भन्ने प्रस्ताव थियो’, उनले भने,‘प्रधानमन्त्रीले हुन्छ भन्नुभयो।’