न्याय सेवा शाखा अधिकृतमा सिफारिस भएकाहरूलाई चैतन्यको बधाई - Chaitanya News
  • 2026-11-19
  • 05:47:42
  • बिहिबार,मंसिर ०४, २०८३
  • न्याय सेवा शाखा अधिकृतमा सिफारिस भएकाहरूलाई चैतन्यको बधाई

    न्याय सेवा शाखा अधिकृतमा सिफारिस भएकाहरूलाई चैतन्यको बधाई

    काठमाडौं- लोकसेवा आयोग न्याय सेवा समूहको शाखा अधिकृत पदमा सिफारिस भएकाहरूलाई एक समारोहबीच चैतन्य एकेडेमीले बधाई ज्ञापन गरेको छ।

    आज काठमाडौंको शंखमूलस्थित एकेडेमीको कार्यालयमा आयोजित विशेष समारोहबीच उनीहरूलाई बधाई ज्ञापन गरिएको हो।

    कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका संविधान विद् एवम् नेपाल सरकारका पूर्वसचिव काशिराज दाहालले न्याय सेवाको शाखा अधिकृतमा सफल भएकोमा बधाई ज्ञापन गर्दै विधि नमिचेर विवेकपूर्ण ढंगबाट कार्य सम्पादन गर्न सुझाव दिएका छन्।

    ‘मानव जीवनसँग प्रत्येक्ष जोडिएर सरोकार राख्ने क्षेत्र हो। त्यसैले कहिले पनि कर्मबाट विचलित नहुनु होला। विधि कहिले नमिच्नु होला र विवेक कहिले नगुमाउनु होला’, उनले भने।

    नेपाल सरकार कानुन आयोगका सहसचिव पाराश्वर ढुंगाना र प्रमुख वैदेशिक रोजगार न्यायधिकरणका प्रमुख उद्धबराज पुडासैनीले पनि सफल उम्मेदवारलाई बधाई ज्ञापन गर्दै कार्य सफलताको शुभकामना दिएका थिए।

    यस्तै चैतन्य एकेडेमीका सिइओ गणेश प्रसाद जोशीले न्याय सेवाको शाखा अधिकृतमा सिफारिस हुन सफल भएकाहरूलाई बधाई ज्ञान गर्न पाउँदा हर्ष व्यक्त गरेका छन्। ‘हामीले विगत १० वर्षदेखि नेपाल सरकारका विभिन्न सेवामा नाम निकाल्न सफल उम्मेदवारहरूलाई यसरी नै बधाई ज्ञापन गर्दै आएका छौं। तयारी कक्षा सञ्चालन गर्नुमात्र हाम्रो दायित्व होइन। सफल उम्मेद्वारहरूलाई प्रेरित गर्नु पनि हाम्रो जिम्मेवारी हो,’ जोशीले भने।

    कार्यक्रममा न्याय सेवा शाखा अधिकृतका सफल उम्मेदवारहरूले आफूहरूलाई सफलतामा पुर्‍याउन चैतन्यको ठूलो हात रहेको भन्दै खुसी व्यक्त गरेका थिए।