सुवास नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न शीर्ष नेता च्यासलमा पुगे - Chaitanya News
  • 2026-11-19
  • 05:15:08
  • बुधबार,मंसिर ०३, २०८३
  • सुवास नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न शीर्ष नेता च्यासलमा पुगे

    सुवास नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न शीर्ष नेता च्यासलमा पुगे

    काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न शीर्ष नेताहरु एमाले केन्द्रीय कार्यालय च्यासल पुगेका छन्।

    प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायतका नेताहरुले नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेका छन।

    यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भने राष्ट्रिय झण्डा ओढाएकी थिइन्। उनी भावविह्वल देखिएकी थिइन्।

    अहिले अन्य पार्टीका पनि नेताहरू, पार्टी कार्यकर्ताहरू, शुभेच्छुक र व्यवसायीहरू पनि नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न एमाले केन्द्रीय कार्यालय पुगेका छन्।

    गएराति बालुवाटारस्थित निवासमा बेहोस भएका नेम्वाङलाई त्रिवि शिक्षण अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।