काठमाडौं– संविधानसभा अध्यक्ष सुवास नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पनि एमाले पार्टी कार्यालय, च्यासल पुगेकी छन्।
आज (सोमबार) राति निधन भएका नेम्वाङको शव श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिएको छ त्यहाँ पुगेकी पूर्व राष्ट्रपति भण्डारी भावविव्हल भइन्। पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुसँग बसिरहेकी उनले बारम्बार आँशु पुछिन्