काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिएको छ।
पार्टी केन्द्रीय कार्यालयमा नेता(कार्यकर्ताहरु नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न भेला भएका छन्।
नेम्वाङको निधनको खबर पाएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरु अस्पताल पुगेका थिए । मन्त्रिपरिषद्को बैठकले नेम्वाङलाई राजकीय सम्मान दिने निर्णय गरेको छ।
नेम्वाङका छोराहरु विदेश भएकाले उनीहरु फर्किएपछि अन्त्येष्टि गरिने पारिवारिक स्रोतले बतायो। नेम्वाङका दुई छोरा र दुई छोरीहरु छन्।
नेम्वाङको सोमबार बिहान निधन भएको थियो।