व्यवसायी भन्छन् : ई–रिक्सा व्यवस्थापन नभए कर तिर्दैनौ - Chaitanya News
  • 2026-04-25
  • 03:07:53
  • शुक्रबार,बैशाख ११, २०८३
  • व्यवसायी भन्छन् : ई–रिक्सा व्यवस्थापन नभए कर तिर्दैनौ

    व्यवसायी भन्छन् : ई–रिक्सा व्यवस्थापन नभए कर तिर्दैनौ

    बुटवल– बुटवल उपमहानगरपालिकाले नगरभित्र सञ्चालनमा रहेको ई–रिक्सा व्यवस्थापनमा चासो नदिएको भन्दै चालक र व्यवसायी आन्दोलित भएका छन्। नगरपालिकासँग रिक्सा व्यवस्थापनका लागि गरिएका निर्णय कार्यान्वनका लागि नगरपालिकाले चासो नदिएको भन्दै व्यवसायी र मजदुर आन्दोलित भएका हुन्। उनीहरूले नगरपालिकाले रिक्सा व्यवस्थापन नगर्दासम्म कर समेत नबुझाउने घोषणा गरेका हुन्।

    नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका सल्लाहकार ध्यानबहादुर राईले १ हजार ४४० लाई कार्यान्वन गरेर जान पालिकालाई आग्रह गरे। ‘विभिन्न बाहानामा कर उठाइरहने दर्ता प्रक्रियामा नआएका रिक्सालाई कडाइतर्फ ध्यान दिएन। कर मात्र बुझाउन सूचना जारी गर्‍यो यस्तो कार्य हामीलाई मान्य छैन’, उनले भने।

    बुटवलमा १ हजार १८ रिक्सा सञ्चालन गर्ने व्यवसायी र नगरपालिकाबीच समझदारी भए पनि अहिले त्यसलाई बढाएर १ हजार ४४० पुर्‍याइएको छ। तर, अहिले १४ सय रिक्सा दर्ताका लागि पुगेका छैन। नेपाल अटोटेम्पो तथा ई–रिक्सा चालक संघ बुटवलका अध्यक्ष उदय परियारले कात्तिक १० गतेसम्म कालोपट्टी बाँधेर आन्दोलन गर्ने र यदी आफूहरूको आवाजलाई सुनुवाई नगरे चुनावपछि निर्णायक आन्दोलनमा जाने बताए।

    यातायात व्यवस्था कार्यालय लुम्बिनीमा हाल एउटा पनि विद्युतीय रिक्सा दर्ता छैन। परियारले आफूहरू कर तिनको लागि तयार रहेको तर बुटवल उपमहानगरपालिकाले ३ वटा आर्थिक वर्षको एकै पटक कर तिर्नुपर्ने भन्दै नियम ल्याएका कारण स्वरोजगार मजदुर पीडामा रहेको उनले बताए।

    नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला सदस्य विष्णुप्रसाद पाण्डेले नगरपालिकाले स्वरोजगार मजदुरलाई थप पीडामा ल्याउने काम गरेको भन्दै एकैपटक तीन वर्षको कर तिर्नुपर्दा बढी मर्कामा परेको बताए।