राति नै बाथरुममा ढलेका थिए नेम्वाङ - Chaitanya News
  • 2026-11-19
  • 05:36:25
  • बुधबार,मंसिर ०३, २०८३
  • राति नै बाथरुममा ढलेका थिए नेम्वाङ

    राति नै बाथरुममा ढलेका थिए नेम्वाङ

    काठमाडौं- नेकपा एमालेका नेता तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधन भएको छ। राति करिव १ बजेतिर बाथरुम जाने क्रममा लडेको पारिवारिक स्रोतको भनाइ छ। दिउँसो सामान्य ज्वरो आएकोमा राति एक्कासी हृदयघात भएको बताइएको छ।

    पारिवारिक स्रोतले दिएको जानकारीअनुसार १ बजेर १० देखि २० मिनेटको बीचमा हृदयघात भएको अनुमान गरिएको छ। बालुवाटारमा बस्ने नेम्वाङलाई तत्कालै अस्पताल लगिएको थियो। करिब १ बजेर ४० मिनेट जाँदा अस्पताल पुर्‍याइसकिएको भए पनि करिब एक घण्टापछि अस्पतालले मृत घोषणा गरेको थियो।

    नेम्वाङको निधनपछि बिहानीपख प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेका थिए।

    नेम्वाङको पार्थिव शरीरलाई अहिले पार्टी कार्यालयमा राखिँदैछ।