अहिलेको समयमा नराम्रो काम गर्नु भनेको प्रधानमन्त्रीलाई धोका दिनु हो : मन्त्री किराती - Chaitanya News
  • 2026-11-19
  • 05:04:59
  • बुधबार,मंसिर ०३, २०८३
  • अहिलेको समयमा नराम्रो काम गर्नु भनेको प्रधानमन्त्रीलाई धोका दिनु हो : मन्त्री किराती

    अहिलेको समयमा नराम्रो काम गर्नु भनेको प्रधानमन्त्रीलाई धोका दिनु हो : मन्त्री किराती

    काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई धोका दिने काम आफुबाट नहुँने बताएका छन। आज (सोमबार) बौद्ध जागरण केन्द्रले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। यस्त ैउनले अहिलेको समयमा नराम्रो काम गर्नु भनेको प्रधानमन्त्रीलाई धोका दिनु भएको समेत बताए।

    मन्त्री किरातीले भने, ‘यो सरकार प्रति आम जनताको आशा जागेको छ। प्रधानमन्त्रीले पनि हामी क्याबिनेट मन्त्रीहरुबाट ठूलो अपेक्षा राख्नु भएको छ। यो अवस्थामा मबाट प्रधानमन्त्रीलाई धोका हुने छैन। प्रधानमन्त्रीलाई धोका दिनु भनेको देशलाई धोका दिनु हो।

    इतिहासमा यति धेरै काम भइरहेको र जनतामा आशा बिस्तारै जागिरहेको उनको भनाइ छ। उनले भने, ‘प्रधानमन्त्रीको यो स्प्रिडलाई समात्नु मेरो पहिलो कर्तव्य हो।

    आफूलाई आफ्नै मान्छेहरुबाट नाजायज काम गराउन दबाब आएको भन्दै उनले भने, ‘तर म कदापि गलत काम गर्दिन बरु म पद त्याग्न तयार छु। दलालहरुले आफूलाई भेट्ने आँट नगर्ने भन्दै आफ्नै मान्छेको भेषभूषामा शिखण्डी बनेर आएका हुन् कि भन्ने शंका लाग्ने उनले बताए।

    देश भन्दामाथि आफू र आफ्नो पद नभएको उनको भनाइ छ। उनले भने, ‘राजनीति भनेको जीवनको सुख र भोग विलासका लागि होइन।

    प्रचण्ड असाधारण मान्छे भएको भन्दै उनले परिवार क्षतविक्षत हुँदा समेत निरन्तर खटिएर राजनीतिको केन्द्र बनिरहन सक्नु प्रचण्डको गुण भएको उनले बताए।