काठमाडौँ– जुम्लाको इलाका प्रशासन कार्यालय नराकोट सिञ्जामा कर्मचारी नहुँदा नागरिकता वितरण कार्य ठप्प भएको छ। जिल्ला प्रशासन कार्यालयमा रहेका कर्मचारी अन्तै सरुवा भएका र अरू कर्मचारी पनि नआउँदा नागरिकता वितरण कार्य बन्द भएको हो
प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेका अनुसार इलाका प्रशासन कार्यालयमा निमित्तको रूपमा खटाइएका नायब सुब्बा सुरत गिरीको अर्कै ठाउँमा सरुवा भएपछि काम काज रोकिएको हो। उनले अब अर्को व्यवस्था नहुँदासम्म जिल्ला सदरमुकाम खलङ्गाबाटै नागरिकता दिइने पनि बताएका छन्।
इलाका प्रशासन कार्यालय सिञ्जा नराकोटमा अधिकृतस्तरको दरबन्दी छ तर सरकारले कर्मचारी पठाउन सकेको छैन।