चैतन्य राशिफलः कुन राशिको आजको राशिफल कस्तो ? - Chaitanya News
  • 2026-11-19
  • 05:36:29
  • बुधबार,मंसिर ०३, २०८३
  • चैतन्य राशिफलः कुन राशिको आजको राशिफल कस्तो ?

    चैतन्य राशिफलः कुन राशिको आजको राशिफल कस्तो ?

    मेष- (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ। घरायसी विवाद बढ्न सक्छ, अतः वाणीमा लगाम लगाउन आवश्यक हुन्छ।

    मिथुन- (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज भाग्यले विभिन्न अवसरहरू जुराउनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ, तर स्वास्थ्यको विशेष ख्याल गर्नु पर्नेछ।

    सिंह- (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज घर परिवारमा झैझमेलाको अवस्था आउला। आर्थिक पक्ष पनि कमजोर रहनेछ। स्वास्थ्यप्रति बढी सजग हुन आवश्यक छ। शुभ

    तुला- (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज शुभकार्यको चर्चा चल्नेछ। महिला वर्गबाट विशेष सहयोग मिल्ला। आर्थिक क्षेत्र मजबुत हुने देखिन्छ। प्रेमीको साथ पाइनेछ।

    धनु- (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ। धार्मिक र सांस्कृतिक कार्यमा सरिक हुने अवसर मिल्नेछ।

    कुम्भ- (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यको चर्चा चल्नेछ। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। अनुहारमा कान्ति छाउनेछ। नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ।

    वृष- (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ।

    कर्कट- (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ।

    कन्या- (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। राज्यबाट सहयोग र मानसम्मान मिल्नेछ। छोटो दुरीको लाभदायक यात्रा पनि हुनेछ।

    वृश्चिक- (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज सजिलै अरुको विश्वास जित्न सकिनेछ। विद्या र बुद्धिको विकास हुनेछ। आकस्मिक लाभ र शुभ समाचार पनि सुन्न पाइनेछ।

    मकर- (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज मनमा शान्ति छाउनेछ। आँटेको र ताकेको कार्य पुरा हुनेछ। धार्मिक तथा सांस्कृतिक सभासमारोहमा सरिक हुने अवसर मिल्नेछ।

    मीन- (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। पारिवारिक साथ र समर्थन मिल्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस्।