यातायात विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव रिजाललाई - Chaitanya News
  • 2026-11-19
  • 04:52:58
  • बुधबार,मंसिर ०३, २०८३
  • यातायात विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव रिजाललाई

    यातायात विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव रिजाललाई

    काठमाडौँ– यातायात व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव उद्धवप्रसाद रिजाललाई दिइएको छ।

    आज आइतबार)भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले मन्त्रीस्तरीय निर्णयमार्फत सहसचिव रिजाललाई महानिर्देशकको जिम्मेवारी दिएका हुन्। रिजालले महानिर्देशकको पत्र बुझिसकेको र सोमबार हाजिर हुने मन्त्रालयले जनाएको छ।

    तत्कालीन महानिर्देशक नारायणप्रसाद भट्टराईको गृह मन्त्रालयमा सरुवा भएपछि यातायात महानिर्देशकविहीन थियो।