मलेसिया एयरपोर्टमा नेपाली महिला क्रिकेट टिम अलपत्र - Chaitanya News
  • 2026-11-19
  • 04:52:56
  • बुधबार,मंसिर ०३, २०८३
  • मलेसिया एयरपोर्टमा नेपाली महिला क्रिकेट टिम अलपत्र

    मलेसिया एयरपोर्टमा नेपाली महिला क्रिकेट टिम अलपत्र

    काठमाडौं– नेपाली महिला क्रिकेट टिम मलेसिया एयरपोर्टमा अलपत्र परेको छन।

    स्वदेश फर्कन लागेको नेपाली महिला टिमको टिकटमा समस्या भएका कारण एयरपोर्टमा अलपत्र परेको छ।

    मलेसियाको समय अनुसार बेलुकी ६ बजेको हिमालय एयरलाइन्सको टिकट रहे पनि नेपाली टिम होटलको चेक आउट टाइमै निस्किएर छिट्टै विमानस्थल पुगेका थिए।

    तर उडान समय प्राविधिक कारणले भन्दै हिमालय एयरलाइन्सले राति ३ बजेका लागि सारेको छ। जसका कारण विमानस्थलमा पुगेका महिला क्रिकेटरहरुले १२–१३ घण्टा त्यही बिताउनु पर्ने भएको छ।

    १२–१३ घण्टा विमानस्थलमा अलपत्र अवस्थामा रहने स्थिति आएपछि दुख लागेको एक क्रिकेटरले मलेसियाबाट बताइन्।

    नेपाल क्रिकेट संघ क्यानले भने प्राविधिक गडबढीका कारण यो समस्या भएको बताएको छ।

    ‘हामीले कुरा गरिरहेका छौं, हाम्रो कमजोरीका कारण यो समस्या आएको होइन। त्यहाँ एयरलाइन्सको प्राविधिक गडबढीले समस्या ल्याएको हो’, क्यानका कार्यवहाक सचिव दुर्गाराज पाठकले जानकारी दिए।