काठमाडौँ– चीनको छिन्ताओ शहर काठमाडौँसँग सिधा उडानमा जोडिएको छ। हिमालय एयरलाइन्सले आइतबारदेखि काठमाडौँ(छिन्ताओ(काठमाडौँ रुटमा सिधा उडान थालेको हो।
कम्पनीका अनुसार अब हरेक आइतबार यस रुटमा हिमालयले उडान गर्ने भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार बिहान ९ः१५ मा प्रस्थान गरेको हिमालयको जहाज छिन्ताओकोे जियाओडोङ अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार साँझकोे ५ः२२ बजे अवतरण गर्ने भएको छ। यो उडानको अवधि ५ घण्टा ५० मिनेटको रहनेछ। पहिलो उडानमा कुल यात्रु संख्या एक सय जना छन्।
यो उडानको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले गरेका छन्। नेपालका लागि चिनियाँ राजदूत चेङ सोङ, हिमालय एयरलाइन्सका अध्यक्ष झोउ एनयोङ र उपाध्यक्ष विजय श्रेष्ठ समेत उपस्थित थिए।
छिन्ताओ चीनको महत्त्वपूर्ण व्यापारिक र वित्तीय केन्द्र हो । यस शहरले एसियालाई युरोपसँग जोड्छ।