कोशी प्रदेश सरकारले जारी गर्‍यो बजेटसम्बन्धी अध्यादेश - Chaitanya News
  • 2026-11-17
  • 17:29:49
  • मंगलबार,मंसिर ०२, २०८३
  • कोशी प्रदेश सरकारले जारी गर्‍यो बजेटसम्बन्धी अध्यादेश

    कोशी प्रदेश सरकारले जारी गर्‍यो बजेटसम्बन्धी अध्यादेश

    विराटनगर– कोशी प्रदेश सरकारले आज बजेटसम्बन्धी अध्यादेश जारी गरेको छ।

    हिक्मत कार्कीले पुन मुख्यमन्त्री नियुक्त भएपछि पहिलो बैठकबाटै निर्णय गराएर आज अध्यादेश ल्याएका हुन्।

    सरकारले सिफारिस गरेका कोशी प्रदेश आर्थिक अध्यायदेश र कोशी प्रदेश विनियोजन अध्यादेश प्रदेश प्रमुख परशुराम खापुङ्गले जारी गरेका हुन्।

    मुख्यमन्त्री कार्कीले शुक्रबार बेलुका मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। सोही दिनको बैठकबाट उनले अध्यादेश ल्याउने निर्णय गरेका थिए।

    यसअघि कार्की नेतृत्वको सरकारले नै गत जेठ ३२ गते ल्याएको बजेट अध्यादेश भदौ १० गते निष्क्रिय भएको थियो।