सचिव मरासिनीको संयोजकत्वमा पाँच सदस्यीय प्रतिनिधि मण्डल गठन गरिने सरकारको निणर्य - Chaitanya News
  • 2026-11-17
  • 17:30:15
  • मंगलबार,मंसिर ०२, २०८३
  • सचिव मरासिनीको संयोजकत्वमा पाँच सदस्यीय प्रतिनिधि मण्डल गठन गरिने सरकारको निणर्य

    सचिव मरासिनीको संयोजकत्वमा पाँच सदस्यीय प्रतिनिधि मण्डल गठन गरिने सरकारको निणर्य

    काठमाडौँ– सरकारले नेपाल– चीन संयुक्त व्यापारको दोस्रो बैठकमा सहभागी हुनका लागि सचिव मधुकुमार मरासिनीको संयोजकत्वमा पाँच सदस्यीय प्रतिनिधि मण्डल गठन गर्ने निर्णय गरेको छ।

    हिजो (बिहीवार) सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निणर्य गरेको हो। यस्तै जनवादी गणतन्त्र चीनको बेइजिङमा २०८० भदौ २६ देखि २९ गतेसम्म आयोजना हुने संयुक्त व्यापारको दोस्रो बैठकमा सहभागी हुनका प्रतिनिधि मण्डल गठन गर्ने निर्णय गरेको हो।

    आज शुक्रवार सार्वजनिक निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सो जानकारी गराएकी हुन्।