नेकपा एमालेले टुंग्यायो कोशीका तीन मन्त्री र एक राज्यमन्त्री - Chaitanya News
  • 2026-11-17
  • 17:29:54
  • मंगलबार,मंसिर ०२, २०८३
  • नेकपा एमालेले टुंग्यायो कोशीका तीन मन्त्री र एक राज्यमन्त्री

    नेकपा एमालेले टुंग्यायो कोशीका तीन मन्त्री र एक राज्यमन्त्री

    विराटनगर– कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन्। यो सँगै नेकपा एमालेले तिन मन्त्री र एम राज्यमन्त्रीको टुंगो लगाएको छ।

    सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको सबभन्दा ठूलो दलको नेता कार्कीलाई संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन्।

    उनको शपथ केहीबेरमा हुनेछ। कार्कीले आजै सानो आकारको मन्त्रिपरिषद् बनाउने छन्।

    एमालेबाट तिलकुमार मेन्याङ्वो उर्जा, पाँचकर्ण राई वन र एकराज कार्की भौतिक पूर्वाधार मन्त्री बन्ने भएका छन्। सृजना राई सामाजिक विकास राज्यमन्त्री बनाउने तय भएको एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए।