महामन्त्री थापाले भने: १५ औँ महाधिवेशनबाट दाइले भाउजूलाई टिकट दिने परिपाटी हटाउँछौँ - Chaitanya News
  • 2026-11-17
  • 17:29:59
  • मंगलबार,मंसिर ०२, २०८३
  • महामन्त्री थापाले भने: १५ औँ महाधिवेशनबाट दाइले भाउजूलाई टिकट दिने परिपाटी हटाउँछौँ

    महामन्त्री थापाले भने: १५ औँ महाधिवेशनबाट दाइले भाउजूलाई टिकट दिने परिपाटी हटाउँछौँ

    काठमाडौँ– नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले १५ औँ महाधिवेशनबाट दाइले भाउजूलाई टिकट दिने परिपाटी हटाउने उद्घोष गरेको छन्।

    आज (शुक्रबार)सिन्धुपाल्चोकको बाह्रबिसेमा आयोजित कार्यक्रममा बोल्दै उनले सो उद्घोष गरेका हुन््। यस्तै उनले ८ लाख सदस्य भएका काँग्रेस अहिले शिथिल बनेको समेत बताए।

    उनले भने, ‘तपाईंहरुलाई वडाको सभापति छान्ने अधिकार पार्टीको विधानले दिन्छ। तर, त्यही वडाको अध्यक्षको उम्मेदवार छान्नुपर्‍यो भने चाहिँ तपाईँको अधिकार खोसिएर त्योभन्दा माथि जान्छ। म महामन्त्री भएकाले अहिले टिकट बाँडेको नजिकबाट हेरेँ। पहिलो पटक म त्यहाँ सम्मिलित भएँ। तपाईँले सबै अधिकार दाइलाई दिनु भयो भने दाइले टिकट भाउजूलाई दिन्छन्। सबै अधिकार दाइलाई दिएपछि भाउजूलाई दियो भनेर विरोध हुन्छ। दाइलाई टिकट भाउजूलाई दिन्छ। त्यसैले दाइले भाउजूलाई टिकट नदिने अवस्था कसरी बनाउने रु भोलि अर्को दाइले भाउजूलाई देला। कुनै एउटा दाइको कुरा मात्रै होइन। १५ औँ महाधिवेशनबाट यो परिपाटी बदल्नुपर्छ।